तपाइँको फेसबुक अकाउन्ट कसले खोल्छ?
Advertise Here Book Now

 २०७१ फागुन २० गते
13527381_h22199381के तपाइँको फेसबुक अकाउन्ट बिना पासवर्ड खुल्छ? तपाइँ भन्नुहोला खुल्दैन। तर केही मान्छे यस्ता छन् जसले तपाइँको फेसबुक अकाउन्ट साइन इन गर्न पासवर्ड आवश्यकतै पर्दैन।
फेसबुकले केही कर्मचारीलाई बिना पासवर्ड कसैको पनि अकाउन्ट चलाउने सुविधा दिएको छ। भेन्चरबिट डट कमका अनुसार फेसबुकले पूर्ण विश्वास सहितको एउटा कस्टमर सपोर्ट सिस्टम बनाएको छ त्यसका सर्तहरु उल्लंघन गर्ने कर्मचारीलाई तत्काल निकालिनेछ।
फेसबुक प्रवक्ताले कसैको पनि फेसबुक अकाउन्ट खोल्ने स्वतन्त्रता एक तहका कर्मचारीलाई दिइएको छ। तर त्यो विशेष निर्धारित कामका लागि हो। ती कर्मचारीले सम्बन्धित कामका लागि तपाइँको फेसबुक अकाउन्ट बिना पासवर्ड खोल्नेछन्।
फेसबुकबाट हुने अपरिधिक गतिविधि रोक्न यो प्रणाली स्थापना गरिएको फेसबुकले दाबी गरेको छ। ‘सन्दिग्ध व्यवहारलाई अनुसन्धान गर्न यो प्रकारको प्रणाली स्थापना गरिएको हो। यो सिस्टमले हरेक हप्ता एउटा रिपोर्ट बनाउनेछ’, फेसबुकका ती प्रवक्ताले भनेका छन् । अनुचित तरिकाले नियमको उल्लंघन गरेर जथाभावी अकाउन्ट खोलेको पाइएमा त्यस्ता कर्मचारीलाई तत्कालै जागिरबाट हटाउने चेतावनी फेसबुकले दिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्