छोराछोरीलाई भेट्न अस्ट्रेलिया अाएकी गोमा भुसालको उपचारका क्रममा मृत्यु
Advertise Here Book Now

सिड्नी-छोराछोरीलाई भेट्न अस्ट्रेलियाको सिड्नी आएकी नेपाली अभिभावक गोमा देवी भुसालको ८ मार्च आइतबार निधन भएको छ । नेपालमा गलीचौर बाग्लुङ घर भई सिड्नीको हन्सभीमा बस्दै आएकी भुसालको फोक्सोको क्यान्सर रोगको कारण हन्सभी अस्पतामा उपचारका क्रममा निधन भएको हो । 

मृतक भुसालका भान्जा एवं गैर आवासीय नेपाली संघ अस्ट्रेलिया राष्ट्रिय संयोजन समिति सदस्य राम घिमिरेका अनुसार २९ डिसेम्बरमा नेपालबाट अस्ट्रेलिया आएकी भुसालको छातीमा समस्या भएपछि दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । प्रारम्भिक परिक्षणमा निमोनिया भनिएपनि पछि फोक्सोको क्यान्सर भएको चिकित्सकहरुले पत्ता लगाएरका थिए । 


सोमबार अन्त्येष्ठी
स्वर्गीय भुसालको मार्च ९ सोमवार सिड्नीको उत्तर मकवारी पार्कमा रहेको सिमेन्ट्रीमा अन्त्येष्ठी गरिएको छ । भुसाललाई हिन्दु परम्परा अनुसार छोरा संजीव भुसाल र छोरी पुनम भुसालले दागवत्ती दिएका थिए ।


अन्त्येष्ठी कार्यक्रममा सिड्नीमा रहेका नेपाली समुदायका सदस्यहरु, मृतकका आफन्त उपस्थित भएका थिए । उक्त कार्यक्रममा स्वर्गीय भुसालप्रति श्रद्धान्जली ब्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो । घिमिरेका अनुसार भुसालको काजक्रिया भने नेपालमा नै गरिने छ । 


दुई हप्ताअघि नेपाली समुदायका सुरेन्द्र मानन्धर, उनकी सासु र पौडी खेल्ने क्रममा डुबेर लोमस पराजुलीको निधन भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्