सिरहामा गाउँले महिलासँग रंग खेल्न गएका हवल्दार बलात्कार गरेपछि.....
Advertise Here Book Now

सिरहा, २४ फागुन । सशस्त्र प्रहरी बेस क्याम्प सुखिपुरमा कार्यरत सशस्त्र प्रहरी हबल्दार प्रमोदकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

सुखिपुरबासीले स्थानीय एक महिलालाई जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी हबल्दार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा राखि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए ।

ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक आशनारायण चौधरीले राम्रो चिनाजान रहेको स्थानीय एक युवकको पत्नीसँग सशस्त्र प्रहरी हबल्दार श्रेष्ठ होली पर्वको अवसरमा रंग खेल्न गएपछि विवाद भएको बताए ।                                                                       -Sanopati

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्