स्वाइन फ्लुबारे मेडियामा नआएका तर सबैभन्दा महत्वपूर्ण १० कुरा -डा . रवीन्द्र पाण्डे
Advertise Here Book Now

rabi१. स्वाइन फ्लु कुनै डरलाग्दो रोग हैन ! यो केवल सुँगुर/ बङ्गुरको रुघा हो !
२. नेपालमा खासै स्वाइन फ्लु फैलिएको छैन ! अहिलेको रुघाखोकी ” सिजनल ” हो !
३. स्वाइन फ्लुबाट मृत्यु १ जनाको भएको छ ! उनको दम आदि दीर्घरोग थियो तसर्थ स्वाइन फ्लु मात्र यो मृत्युमा कारक हैन !
४. स्कुल, क्याम्पस, सार्वजनिक यातायात, सपिंग मल. फिलिम हल, अस्पताल तथा भिडभाडमा मात्र मास्क प्रयोग गरौँ ! मास्क स्वाइन फ्लुको उपचारक हैन ! भिडभाड बाहेकको स्थानमा मास्क लगाउनु हुँदैन ! फ्रेस अक्सिजनको सेवनले स्वाइन फ्लुलाई निस्क्रिय गर्दछ तसर्थ हरियाली भएको ठाउँमा खुब अक्सिजन तान्ने र कार्बनडाइअक्साइड फ्याँक्ने गरौँ !
५. हाम्रा झ्यालढोका बलिया भए चोर पस्न पाउदैन तसर्थ आफ्नो शरीर तन्दुरुस्त राखेर रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरौँ ! यसको लागि सागसब्जी, फलफूल, गेडागुडी, दूध, अण्डा, माछामासु, झोलिलो पदार्थ प्रशस्त खाने गरौँ ! नियमित ब्यायाम तथा सकारात्मक सोंचको विकास गरौँ ! फुर्सद मिलाएर अक्सिजन तान्न हरियाली स्थानमा जाने गरौँ !
६. धेरैजसो भाइरल रोगहरु एकपटक लागेपछि त्यसको रेसिस्टेन्स हुन्छ तसर्थ अरू देशमा भन्दा हाम्रो देशमा धुलो/धुँवा पचाउने शक्ति बढी छ त्यसैले ” यस्ता ” रोग पचाउने हाम्रो क्षमता गजबको छ !
७. बच्चाहरुलाई भनौं : स्कुलमा रुघाखोकी लागेको साथीको नजिक नबस्नु, कसैले कक्षामा रुघाखोकीका लक्षण देखाएमा मास्क लगाऊ, आफ्नो टिचरलाई जानकारी देऊ, त्यस्तो बिध्यार्थीलाई बेड रेस्टको व्यवस्थाको लागि सर / म्यामलाई जानकारी देऊ………आदि !
८. सकभर सबैले ” ह्याण्ड स्यानिटेजर ” झोल खल्तीमा राखौं ! कतै हातले छोएपछि, मुखमा हात राख्नुपुर्व त्यसको ७/८ थोपाले हात सफा गरौँ ! ” ह्याण्ड स्यानिटेजर ” प्रयोग गरेपछि साबुन, पानी, टावेल चाहिदैन !
९. सुर्ती खाने व्यक्ति सबैभन्दा जोखिमयुक्त हुन्छन् ! सुर्तीलाई हातमा राखेर मुखभित्र राख्दा यो रोग सर्न निकै सजिलो हुन्छ तसर्थ मलुवा होस् कि प्याकेटको , सुर्ती सेवन नगरौं ! गर्नै परे ” ह्याण्ड स्यानिटेजर ” प्रयोग गरौँ !
१०. कतिपय अवस्थामा हाम्रो जस्तो भ्रष्टाचारी मुलुकमा विधि नपुर्याई टन्नै पैसा खान सिजन परिवर्तन हुनेबेलामा फलानो रोग फैलिएको भनेर मेडिया तथा जनतालाई रोगमा व्यस्त बनाएर ठुलो रकमको चलखेल हुनेगर्दछ तसर्थ सबैभन्दा पहिले आफ्नो कान छामौं अनि छैन भनेमात्र कागको पछि लागौं !
साभार श्राेतःबिअारटी नेपाल

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्