मधेशलाई राज्यसँग सुरक्षा थ्रेट
Advertise Here Book Now

स्नेहा झा, काठमडौं, २० फागुन । गृहमन्त्री वामदेव गौतमको सुरक्षा चुनौतीको सूचीमा रहेका मधेशी नेताहरुले मधेशलाई राज्यसँग सुरक्षा चुनौती रहेको बताएका छन् । हुलाकी न्यूजसँग कुरा गर्दै तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता र हाल संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति बनाएर सक्रिय रहेका मातृका यादवले राज्य मधेशको सुरक्षा थ्रेटमा रहेको प्रतिक्रिया दिएका हुन् ।

उनीहरुले राज्यबाट आपूm र आफ्ना कार्यकर्ताहरुलाई पनि सुरक्षा चुनौती रहेको बताएका छन् । आफ्ना कार्यक्रमहरुमा अनावश्यक प्रहरी हस्तक्षेप हुने, कार्यकर्ताहरुलाई झुटो मुद्दामा फसाउने, हतोत्साहित गर्ने जस्ता क्रियाकलाप राज्यबाट निरन्तर भईरहेको उनीहरुको दाबी छ ।

तमरा अभियानका संयोजक जेपी गुप्ताले अहिले मधेशमा दूई धारको राजनीति भईरहेको बताउँदै संविधानसभा बाहिर रहेका क्रान्तिकारी मधेशी शक्तिलाई राज्यले सुरक्षा चुनौती मानेको बताए ।

संयोजक गुप्ताले गृहमन्त्रीको भनाई मधेशमा आगामी दिनमा हुनसक्ने चरम दमनको संकेत भएको पनि बताएका छन् । उनले संविधानमा संघीयतालगायतका मधेशका मुद्दालाई स्थान नदिइए सडक आन्दोलन हुने र त्यसलाई प्रशासनले रोक्न नसक्ने ठोकुवा पनि गरेका छन् ।

संयोजक गुप्ताले तराई मधेशका सशस्त्र समूहहरुसँग आफ्नो साँठगाँठ रहेको गृहमन्त्रीको भनाईको खण्डन गर्दै उनीहरुसँग वार्ता र सम्पर्कमा भने रहेको बताएका छन् । सशस्त्र समूहहरुसँगको सम्बन्धबारे प्रष्ट्याउँदै संयोजक गुप्ता भन्छन्, “सरकार आपैmँ सबै सशस्त्र समूहसँग वार्तामा रहेको अवस्थामा अरु कसैले उनीहरुसँग वार्ता गर्नुलाई आपत्तिजनक रुपमा लिन मिल्दैन ।”

आपूm निरन्तर सशस्त्र समूहहरुको सम्पर्कमा रहेको र उनीहरुलाई शान्तिपूर्ण राजनीतिमा आउन प्रेरित गरिरहेको संयोजक गुप्ताको भनाई छ । उनले सशस्त्र समूहहरुले शस्त्र त्यागने हो र विखण्डनको माग छोड्ने हो भने सहकार्य हुन सक्ने पनि बताएका छन् ।
नेकपा(माओवादी)का संयोजक मातृका यादवले भने मधेशमाथि सरकार र राज्यको वक्र दृष्टि रहेको बताएका छन् । उनले राज्य मधेशको एकता र सुरक्षाका लागि ठूलो चुनौती बनेको आरोप पनि लगाएका छन् ।

गृहमन्त्रीले आपूmहरुलाई सुरक्षा चुनौतीमा राखेको विषयप्रति प्रतिक्रिया दिँदै संयोजक यादवले भने, “जनविरोधी तत्वहरु सँधै नै परिवर्तनकारीहरुबाट आतंकित हुने गर्दछन् । हामी मधेशको एजेन्डामा अडिग छौं र कुनै पनि हालतमा सम्झौता गर्दैनौं । हाम्रो एजेन्डा राज्यपक्षको भन्दा फरक छ, त्यसैले उसले हामीलाई देशको सुरक्षामा चुनौती देख्छ ।”

नेता यादवले सरकार विखण्डन र गृहयुद्ध निम्त्याउने षड्यन्त्रमा लागेको आरोप पनि लगाएका छन् । उनले सरकार मधेश तोड्ने र पहाड जोड्ने षड्यन्त्रमा रहेको बताए ।

सरकार एकात्मक शाषणको पक्षमा रहेको बताउँदै संयोजक यादवले यस्तो रवैयाले निश्चित रुपमा बिखण्डन निम्त्याउने दाबी गरे । नेता यादवले संगठित एक मधेश प्रदेश मात्र आपूmहरुको माग रहेको प्रष्ट्याएका छन् ।

तराई मधेशमा क्रियाशिल सशस्त्र समूहको बारेमा टिप्पणी गर्दै नेता यादव मधेशका सशस्त्र समूहसँग कसैलाई कुनै थे्रट नभएको दाबी गर्छन । उनले सरकारले शान्ति वार्ताको नाममा र विभिन्न जालझेल गरी सबैलाई सिध्याई सकेको र बाँकीलाई जेलमा राखेको बताए ।

यता तमरा अभियानका संयोजक जेपी गुप्ता पनि राज्यले मधेशका सशस्त्र समूहहरुसँग बैमानी गरेको बताउँछन् । संयोजक गुप्ताले पूर्व सहमति अनुरुप राज्यले शान्ति वार्तामा आईसकेका सशस्त्र समूहका सदस्यहरुमाथि लगाइएको मुद्दा अभैm फिर्ता नलिएको बताउँछन् ।

फागुन १८ गते गृहमन्त्री वामदेव गौतमले संसदको राज्य व्यवस्था समितिको बैठकमा देशका लागि सुरक्षा चुनौती भन्दै केही व्यक्तिहरुको नाम प्रस्तुत गरेका थिए । गृहमन्त्रीले पेश गरेको सुरक्षा चुनौतीको सूचीमा मधेशमा सक्रिय डा. सीके राउत, जेपी गुप्ता र मातृका यादवलगायतका नेताहरुको नाम छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्