सिरहाका एक सचिवले यसरी गरे एक लाख हजम
Advertise Here Book Now

शम्भु यादव 
लहान, २० फागुन । कामै नगरी कविलासी गाविसका सचिव रामेदव यादवले कागजी प्रक्रियाकै भरमा एक लाख हजम गरेको रहस्य खुलेको छ । गाविस भवनको कम्पाउन्ड पर्खाल निर्माणका लागि गाउँ परिषद्बाट विनियोजन भएको तर काम नै नगरी खर्च विवरण बनाई पेश गरेका हुन् ।

आर्थिक वर्ष २०६८/०६९ गाविसको कम्पाउन्ड वाल निर्माण कार्य सम्पन्न भएको कागजी बिल भर्पाई र मूल्यांकन प्रतिवेदन बनाउन लगाई सचिव यादवले उक्त रकम हिनमिना गरेको स्थानीयले बताएका छन् ।
गाविसको खर्च प्रतिवेन सार्वजनिक भएपछि सो कम्पाउन्ड वाल निर्माण सम्बन्धमा जानकारी लिन खोज्दा आजभोली गर्दै सचिव यादवले समय टार्दै आएको उनीहरुले बताएका छन् ।

कम्पाउन्ड वाल निर्माणका कार्य गाविसले आफ्नै अमानतमा लिई स्वास्थ्य चौकीका इन्चार्ज कामेश्वर साहलाई काम गराउन जिम्मा दिइएको गाविस प्राविधिक सहायक दिनेश यादवले बताए ।

भवनको उत्तर र पश्चिम तर्फका जग्गा धनीसँग विवाद भएको स्वास्थ्य चौकी इन्चार्ज साहले गाविसलाई जानकारी दिएपछि गाविसले मौखिक रुपमा जिल्ला विकास समिति र प्रहरी चौकी सिलोर्वा पछवारीलाई जानकारी गराएको उनले दाबी गरे ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्