मधेशमा मात्रै होली होइन् ?, विकृति विरुद्ध शान्तिमय होली
Advertise Here Book Now
डिपी गुप्ता
लहान,२० फागुन । मधेशमा होली संस्कृतिको रुपमा प्रत्येक बर्ष फागुन शुक्ल पूर्णिमा अर्थात पूर्णिमाको दिन मनाउंने चलन रहेको छ । नेपाल भारतलगायत विश्वभरी महत्वपूर्ण चाडको रुपमा मनाउंदै आएको छ । मधेशमा पनि बडो धुमधामको साथ मनाउंने यो पर्व लहान सिटी जेसिजले होली मिलन तथा शुभकामना आदान प्रदान र विदाइ कार्यक्रम गरी आज मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक अग्रवालले ‘होली आफैमा ठूलो महत्वका पर्व हो तर बढ्दो विकृतिले समाजलाई यथार्थ संस्कृति भन्दा बाहिरीएकोले समस्या भएको छ । यसले हिंसात्मक रुप समेत लिंदै आएकोले शान्तिपूर्ण किसिम यो पर्व मनाउंनुपर्ने बताउंनुभयो । उनले यो पर्वमा कसैको कोही शत्रु हुंदैन् र शत्रुसंग पनि गाला मिल्ने पर्व रहेकोले यो पर्व महत्वका साथ मनाउंनुपर्छ बताउंनुभयो ।
‘म पक्षपाती नगर्दा कति साथीहरुलाई समस्या भए होला’ तर समाजिक न्यायको लागि जहिले पनि सक्रिय भएर काम गर्दै आएको छु ,ईलाका प्रहरी कार्यालय लहान डिएसपी ज्ञानेन्द्र फुयांलले बताउंदै लागुऔषधले समाजमा ठूलो असर परिरहेको छ । यसलाई न्यूनिकरण गर्न चौतर्फी युवाहरु सक्रिय भएर लाग्नुपर्ने हो र लहानमा लागु औषधबाट पीडितलाई पूर्नस्थापना केन्द्रमा हाल्नुपर्छ । यसको लागि लहानमा पूर्नस्थापना केन्द्र स्थापना गर्न लगाउंनुपर्ने उनले बताउंनुभयो । लहानका डिएसपी ज्ञानेन्द्र फुयांलको यहांबाट सरुवा भएकोले सफा काम गरेकोले लहान सिटी जेसीजले होलीसंगै उनलाई विदाई एवं सम्मान कार्यक्रम समेत गरिएको हो ।
कार्यक्रममा जेसीजका सल्लाहकार अशोक अमात्यले होलीमा मदिरा तथा नशालु पदार्थ सेवन नगरी सौहादपूर्ण वातावरणमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका हुन् । यस्तै, जेसीजका पूर्व अध्यक्षहरु बसन्त साह, धरनीधर अधिकारी, राकेश झा, चुडामणी गुप्ता, राजाबाबु साह, मुरारी साह, राकेश रोशन गुप्ता, मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादव, पत्रकार विजय मिश्र, नेपाली कांग्रेसका महेश चौधरी, एमालेका विनोद साह, पत्रकार दिनेश्वरप्रसाद गुप्ता, मदिरा व्यवसायीका संजय साह, पत्रकार रामानन्द गुप्ता, सुनचांदी व्यापार संघका श्याम सोनी, समाजसेवी धु्रब साह, फोरम गणतान्त्रिका विष्णु चौधरी, सशस्त्रका डिएसपी मोहन गुरुगं, रवीन्द्र श्रेष्ठ,ललित दास, विजय गुप्तालगायतले सत्यको विजय भएको दिनको रुपमा होली मनाउने चलन रहेकोले खाएर मातेर होली मनाउंनु राम्रो होइन् । यसलाई शत्रुसंग गलामागाला मिलाएर नयां सोच र योजनाको रुपमा माउंनुपर्छ भनी बताएका छन् । कार्यक्रमका सभाध्यक्षता लहान सिटी जेसीजका अध्यक्ष विकास शारडाले गर्नुभएका थिए भने कार्यक्रममा सांस्कृति नृत्य समेत प्रस्तुत गरिएको थियो ।
महत्वका साथ मधेशमा होली
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा(युवतीहरू गीत गाउँदै नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन मधेशलगायत देशको विभिन्न ठाउंमा यो पर्व धुमधामका साथ मनाइन्छ भने भारतलगायत अन्य देशमा पनि महत्वका साथ मनाउंने चलन रहेको छ । -नब्संग्राम
लहान,२० फागुन । मधेशमा होली संस्कृतिको रुपमा प्रत्येक बर्ष फागुन शुक्ल पूर्णिमा अर्थात पूर्णिमाको दिन मनाउंने चलन रहेको छ । नेपाल भारतलगायत विश्वभरी महत्वपूर्ण चाडको रुपमा मनाउंदै आएको छ । मधेशमा पनि बडो धुमधामको साथ मनाउंने यो पर्व लहान सिटी जेसिजले होली मिलन तथा शुभकामना आदान प्रदान र विदाइ कार्यक्रम गरी आज मनाइएको छ ।कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक अग्रवालले ‘होली आफैमा ठूलो महत्वका पर्व हो तर बढ्दो विकृतिले समाजलाई यथार्थ संस्कृति भन्दा बाहिरीएकोले समस्या भएको छ । यसले हिंसात्मक रुप समेत लिंदै आएकोले शान्तिपूर्ण किसिम यो पर्व मनाउंनुपर्ने बताउंनुभयो । उनले यो पर्वमा कसैको कोही शत्रु हुंदैन् र शत्रुसंग पनि गाला मिल्ने पर्व रहेकोले यो पर्व महत्वका साथ मनाउंनुपर्छ बताउंनुभयो ।