पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई ‘जन्मकैद’ हुन सक्ने
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम : दिल्लीको
पटियाला हाउस कोर्टले पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई कोइला घोटालामा
आरोपीको रूपमा बयान लिएको छ । उनलाई हिंडाल्कोको कोइला खानी निर्धारणको
घटनामा आरोपी बनाइएको छ । हिंडाल्कोका मालिक कुमार मंगलम बिड्ला र पूर्व
कोयला सचिव पीसी पारेखलाई पनि आरोपी बनाइएको छ । मनमोहनमाथी जुन-जुन धारा
लगाएर आरोपीको रूपमा मुद्धा चलाइएको छ, त्यसमध्ये एक धारामा जन्मकैदको
प्रावधान रहेको छ ।
सीबिआईद्धारा मनमोहन सिंहसँग शोधपुछ
यस घटनाका सम्बन्धमा केही दिन अघि
सिबिआईले पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग बयान लिइसकेको छ । बुधबार
दिल्लीको पटियाला हाउस कोर्टले हिंडाल्कोको कोइला निर्धारण मुद्धामा मनमोहन
सिंहलाई आरोपी बनाउन आदेश जारी गरेको थियो ।
जुन समयमा यी कम्पनीहरूले कोइला खानीको
निर्धारण गरिएको थियो, उक्त समयमा पूर्व प्रधानमन्त्री सिंहले कोइला
मन्त्रालयको जिम्मा पनि सम्हालिरहेका थिए । निर्धारणमा घोटालाको तथ्य बाहिर
आएपछि सर्वोच्च अदाललत कोइला निर्धारण रद्द गरेको थियो । केन्द्र सरकारले
यी कोइला खानीहरूको बिड गर्न थालेको छ ।
सीबीआईद्धारा स्टेटस रिपोर्ट दर्ता
यस घटनामा गत वर्ष सीबीआईले क्लोजर
रिपोर्ट पेश गरेको थियो । तर, अदालतले कोइला मन्त्रालयको जिम्मेबारी भएका
कारण पूर्व प्रधानमन्त्री सिंहलाई यसको जानकारी हुनुपर्छ, यसकारण उनीसँग
सोधपुछ गर्न आदेश दिएको थियो । यसपछि सीबीआईले मनमोहन सिंहसँग सोधपुछ गरेको
थियो र त्यसपछि स्टेटस रिपोर्ट पेश गरेको थियो । स्टेटेस रिपोर्टको अध्ययन
गरेपछि अदालतले मनमोहन सिंहलाई आरोपी बनाउन आदेश दिएको छ ।
अदालतले आपराधिक षड्यन्त्र, विश्वासघात र
भ्रष्टाचार रोकथाम कानूनको प्रावधानअनुसार मनमोहनको साथ मंगलम बिड्ला र
पारेखलाई आरोपी उल्लेख गरिएको छ । अदालतले घटनामा आरोपीहरूमा मोसर्स
हिडाल्को, यसका अधिकारीहरू शुभेंदु अमिताभ र डी भट्टाचार्यलाई पनि उल्लेख
गरिएको छ ।

