सिरहामे अज्ञात रोगका कारण विरामी भएकाहरुलाई सभासद मण्डलको सहयोगमा उपचार हुदै
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, ३२ जेष्ठ ।सिरहाको चन्द्रअयोध्यापुर ६ पानवारीमा केही दिन अगाडि देखि अज्ञात रोगका कारण विरामी भएकाहरुलाई निर्वाचन क्षेत्र नं. ६ का नेपाली काँग्रेसका सभासद् डा. गणेश मण्डलको सहयोगमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य प्रमुख तथा निजि अस्पताललाई उपचार गर्न आग्रह गरेको सभासद डा.मण्डलले बताए । स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य निरीक्षक मोहम्मद इदरीस राइनको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर उपचार थालेका छन् । जनस्वास्थ्य निरीक्षक इदरीसका अनुसार यो रोग अनौठो किसिमको देखिएकाले विशेषज्ञ टोलीबाट अनुसन्धान जरुरी रहेको छ । आफ्नो क्षेत्रको सभासदको सहयोग पाइरहेकोले राहत महसुस भएको स्थानीयहरुको भनाई छ । जनप्रतिनिधीको सहयोग पाएपछि स्थानीय दलितहरुमा आशा छाएको छ । अज्ञात रोगका कारण मर्नेको क्रम रोकिएको भएपनि मानिसहरुमा त्रास कायमै रहेका छन् । अज्ञात रोगले पानवारीमा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ बर्षीय टलुवा सदा, ३६ बर्षीय कौसिला सदा, ५५ बर्षीय गर्बा सदा र ३५ बर्षीय जिवछी सदा रहेका छन् । चन्द्रअयोध्यापुर ८ मा सदायहरुको ६०  घरभन्दा बढिको वस्ति रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्