मधेसी मोर्चाबाट निस्कासित गरेको प्रचार गलत
Advertise Here Book Now

विराटनगर, ३० जेष्ठ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आफूलाई मधेशी मोर्चाबाट निस्कासित गरेको प्रचार गलत भएको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले जनताको संविधानका लागि सहमति प्रक्रियामा हस्ताक्षर गरेको दाबी गर्दै त्यो कदममा केही साथी असन्तुष्ट भएपनि मोर्चाबाटै हटाएको भन्ने कुरा वाहियात भएको बताएका हुन् ।
उनले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने पनि बताए । सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने उनको विश्वास छ ।
उनले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताए । राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको उल्लेख गर्दै उहाँले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई आग्रह गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्