तीघ्रामा लागुऔषध बाँधेर ल्याउने दुई पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /धरान-तीघ्रामा बाँधेर लागुपदार्थ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। सुराकीको आधारमा धरान ८ स्थित तीनकुने चेकपोष्टमा सवारीसाधान चेकजाँच गर्दा सोमबार ती युवा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
drug 1

पक्राउ पर्नेमा धरान ८ का २२ बर्षीय सन्तोष बिक र धरान ११ का १५ बर्षीय विनय बिक रहेका छन्। दुवै जना विराटनगरबाट धरान आउँदै गरेको माइक्रोमा थिए। अपराध न्युनीकरण गर्न इलाका प्रहरी कार्यालयले सोमबारबाट शुरु गरेको 'एम्बुस' रणनीतिअनुसार पक्राउ परेको जनाएको छ। क्षेत्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयलको बिशेष सुराकीको आधारमा दुवै जना पक्राउ परेको सई लक्ष्मण गिरीले जानकारी दिए। चेकजाँचको क्रममा दुवैले तीघ्रामा लागुऔषध बाँधेको फेला परेको उनले बताए। 'आजैदेखि इलाका प्रहरी कार्यालयले अपराध न्युनीकरण गर्न एम्बुस रणनीति अपनाएका छौं, यो त्यही योजनाअनुसार समातिएको हो'–सई गिरीले भने।
प्रहरीका अनुसार दुवैको साथबाट ३० सेट लागुऔषध वरामद भएको छ। त्यसमा डाइजिपाम ३०, एभिल ३० र नेरोजेसिक ३० थान रहेको सई गिरीले बताए। पक्राउ परेका मध्ये सन्तोषले बिक्री गर्ने उद्देश्यले ल्याएको र विनयलाई भने अर्को एक व्यक्तिले बोकाएर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारी अर्न्तगत कानुनी कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्