मिर्चैयामा बजार अनुगमन, वाणिज्य संघ बेखबर ।
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, २७ जेष्ठ । सिरहाको मिर्चैयामा बुधबार बजार अनुगमन गरिएको छ । मिर्चैया नगर क्षेत्रमा रहेका पसलहरुमा पसल संचालकहरुले गा्रहकहरुलाई ठगी गरिरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको मिर्चैया नगरपालिकाको कार्यकारी अधिकृत इन्द्र देब यादबले बताए । मिर्चैया नगरपालिकाको अगुबाइ तथा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख इश्बरी प्रसाद शर्माको संयोजनमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा फेला परेको म्याद गुज्रेका समानहरुलाई आगो लगाई जलाईएको थियो । अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका समानहरु र ढक तराजुमा अनियमितता लगायतका कमीकमजोरीहरु फेला परेको थियो । अनुगमन टोलीमा घरेलु तथा साना उद्योगका राजेन्द्र कुमार लाल कर्ण, खाद्य निरिक्षक सुरेश सिंह, गुणस्तार तथा नाप तौल कार्यालयका मुकुन्द चौहान, मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देब यादब, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष रामानन्द गुप्ता, इलाका प्रहरी कार्यालय आ सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरीहरुको साथै पत्रकारको पनि सहभागिता रहेको थियो । यता, उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष गणेश साहले बजार अनुगमनको सम्बन्धमा आफुलाई केहि जानकारी नरहेको बताए । आफु वाणिज्य संघको हैसियतले बजारको प्रतिनिधित्ब गरिरहेको भएपनि आफुलाई जानकारी नदिई बजार अनुगमनले साह असन्तुष्टि जनाएको हो ।

