अध्यक्ष माथी पेट्रोल छर्किएर आँगो लगाउने प्रयास
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम गजेन्द्र राई उदयपुर, २४ जेठ ।नेकपा (माओवादी) बिप्लप समुहले उदयपुरको एक खानेपानी समितिको अध्यक्ष माथी आईतवार पेट्रोल छर्किएर आँगो लगाउने प्रयास गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका १ बोक्से स्थित त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष शंकर बस्नेत माथी सो प्रयास भएको हो । समितिको नियमित बैठक बस्न भेला भईरहेको समयमा उदयपुर पार्टी जिल्ला कमिटि सदस्य अमृत खत्रीको नेतृत्व बिप्लप समुहको कार्यकर्ताहरुले उक्त प्रयास गरेको प्रहरीले जनाएको छ । करिब अपरान्ह एक बजे नकाप लगाएर गएको समुहले कार्यकक्षामै बसिरहेको अध्यक्ष बस्नेत माथी पेट्रोल छर्किएर आँगो लगाउने प्रयास भएको समितिको सचिब युवराज राईले बताए । समितिको एक सदस्यका अनुसार भ्रष्टचार भएको भन्दै बिप्लप समुहले बिगत देखिनै भौतिक कार्वहीको चेतावनी र समितिको कार्यालयमा ताला
लगाउदै आईरहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्