प्रचण्डलाई मार्ने धम्कीपछि प्रकाशको ‘भिखारी’ जवाफ
Advertise Here Book Now

                               आङकाजी र प्रचण्ड पुत्रबीच 'फेसबुक वार' !


damiजेठ ३१, काठमाडौँ ।  जातिवादी नेता आङकाजी शेर्पालाई प्रचण्ड पुत्र प्रकाश दाहालबीच सामाजिक संजाल फेसबुकमा ‘वार’ चलेको छ । शेर्पाले नेताहरुबीच भएको १६ बुदे सहमतिको बिषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध फेसबुकमा ‘प्रचण्ड जीवित रहनु , १३ हजार सहिदको अपमान हो’ लेखेका थिए ।  aangkaji

आदिबासी जनजातीको मुद्धालाई ओझेलमा पारेको भन्दै शेर्पाले प्रचण्डलाई हत्याराको आरोप लगाएका थिए ।  साथै उनले प्रचण्ड उपस्थित बैठकमा पूर्व जनमुक्ति सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने भन्दै टिप्पणी पनि गरेका थिए । शेर्पाले गद्दार नेताहरुलाई हत्या गरेर संजाय दिने बिश्व राजनीतिक इतिहास रहेको भन्दै नेपालमा पनि चाडै दोहोरिन सक्ने भन्दै फेसबुकमा लेखेका थिए  ।
त्यसपछि प्रचण्ड पुत्र प्रकाश दाहालले पनि चर्को जवाफ फर्काएका छन्  । उनले प्रचण्डले नै शेर्पाको हैसियत बनाइदिएको भन्दै धन्यबाद दिन आग्रह गरेका छन् । दाहालले ‘धम्काएर तर्साएर खान पल्केका काजी जस्ता भिकारी’ भनेर टिप्पणी गरेका छन् । उनले शेर्पा प्रवृतिकै कारण पहिचान संकटमा परेको भन्दै आलोचना गरेका छन् ।
prakash
यसैबीच नेता शेर्पालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको दाबी छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्