दुई किलो चाँदी सहित भारतीय नागरिक पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम, १ असार । महोत्तरीको गौशाला नगरपालिका ८ बाट दुई किलो अवैचाँदी सहित एक भारतिय नगरीकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान१०ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी नायव निरिक्षक रामबाबु राय यादवको कमाण्डमा खटि गएको टोलीले पक्राउ गरेको हो ।गौशाला न.पा. ८ मडहापुलबाट भारतको सितामढी ग्रामपंचायत मुजेलिया वडा नं १६ बस्ने सुनिल सोनीले लाई चाँदी सहित पक्रउ गरेको हो । बिआर ३० के २०१६ नम्बरको इनडीयन मोटरसाइकलमा अबैध रुपमा भंसार छलि नेपाल ल्याउदै गरेको २ के.जि. चाँदी सहित पक्राउ गरि उनलाई भंसार बुझाईएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरिक्षक रामबाबु राय यादवका अनुसार गौशाला बजारमा चाँदी ल्याउने सोनीको लक्ष्य रहेको बताए ।
। उनीमाथि शंका लाग्दा प्रहरीले चेक जाँच गर्दा चाँदी फेला परेको प्रहरीले जनाएको छ । बेला कँन्हमाबाट तयारी अवस्थाका चाँदीका ब्रास्लेट ,पाउजु,ठेसा लगायतका आइटम रहको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक सौरभ सिंह राणाले बताए ।

