सिके राउतलाई एमनेष्टिको समर्थन
Advertise Here Book Now



ऑनलाइन सिरहा डटकम  असाढ़ २/: बेलायती मानवअधिकारवादी संस्था एमनेष्टि इन्टरनेशनलले नेपालमा राजद्रोहको मुद्दा खेपिरहेका सिके राउतको आन्दोलनलाई आफ्नो समर्थन कायमै रहेको जनाएको छ । तर आफूले उनको वैचारिक समर्थन भने नगर्ने दाबी एमनेष्टिले गरेको छ ।
राउतको आन्दोलनमा समर्थन जनाएकोमा असहमति राख्दै केही दिन अघि एमनेष्टि नेपाल बोर्डका ९ जना पदाधिकारीहरुले संस्थाबाट राजिनामा दिएका थिए । 
एमनेष्टि मुख्यालय लण्डनले भने आफनो समर्थन सिकेलाई यथावत् रहेको उल्लेख गर्दै मंगलबार वक्तव्य जारी गरेको हो । मानवअधिकार आन्दोलनका अगुवा तथा एमनेष्टिका पूर्व नेपाल च्याप्टर प्रमुख कृष्ण पहाडीले केही निहीत ब्यक्तिहरुको स्वार्थका कारण एमनेष्टिले बिाटो बिराएको उल्लेख गरेका थिए ।
‘एम्नेस्टी इन्टरनेसनल नेपाल बोर्डका ९ जना पदाधिकारीहरुले हालै राजीनामा गरेबाट एम्नेस्टी इन्टरनेसनललाई दुःखित तुल्याएको छ’ वक्तव्यमा भनिएको छ ‘तरपनि गत वर्षहरुमा गरिएका नेपालको मानवअधिकार सम्बन्धी विविध कार्यहरुप्रतिको हाम्रो प्रतिवद्धता यथावतै छ’ वक्तव्यमा भनिएको छ ।
एम्नेस्टीले नेपालको सशस्त्र द्वन्द्वका क्रममा भएको नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसादको हत्या र हजारौँ अन्य पीडितहरुको घटनाहरुमा जवाफदेहीताको आह्वानको पक्षमा एम्नेस्टी इन्टरनेसनलले सदैव आफूलाई उभ्याएको उल्लेख गरेको छ ।
एमनेष्टिले मधेशलाई नेपालबाट टुक्र्याउने नारा लिएर अघि बढिरहेका राउत र उनका समर्थकहरुको सम्बन्धमा भने नेपाल सरकारसँग अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने स्वतन्त्रता र स्वेच्छाचारी गिरफ्तारी एवं थुना हुन नहुने आह्वान यसअघि गरेको पुनः दोहोर्‍याएको छ ।
‘एउटा स्वतन्त्र र निष्पक्ष संस्थाका नाताले एम्नेस्टी इन्टरनेसनलको चासोको विषय भनेको जुनसुकै राजनीतिक झुकावको व्यक्ति किन नहोस् उसको पनि मानवअधिकार संरक्षित हुनु पर्दछ भन्ने मात्र हो । यसले सिके राउतको राजनीतिक विचारको समर्थन गरेको भन्ने हुनु हुँदैन’ वक्तव्यमा भनिएको छ  ।
राजीनामा पेश गरेका वोर्ड पदाधिकारीहरुलाई एम्नेस्टी इन्टरनेसनलले शुभेच्छा समेत व्यक्त गरेको छ ।  गत वैशाखमा गएको विनाशकारी भूकम्पबाट भएको अपार क्षतिबाट तङ्ग्रिने कोशिस गर्दै नेपाल अघि बढीरहेको अवस्थामा स्वतन्त्र मानवअधिकार अनुमगन  विगतमा भन्दा पनि अझ आवश्यक भएको एमनेष्टिले उल्लेख गरेको छ ।

एमनेष्टि इन्टरनेशनले जारी गरेको विज्ञप्ती :

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्