अमेरिकामा समिराको हत्या कसरी भयो ? समिराको अन्त्येष्टी आज
Advertise Here Book Now
नवराज शिवाकोटी
अमेरिकाका टेक्सासस्थित डेन्टन सहरमा
श्रीमती समिरा स्टोरमा थिईन । म दुई नावालक छोरीलाई खुवाउने लगायत घरायसी
काममा थिएँ । करिव ११ बजे उनको फोनमा घण्टी वज्यो तर, घरायसी काममा काम
भएकाले फोन उठाउन पाइएन । स्टोरवाट पनि फोन आएको रहेछ । पहिलो मिसकल सधैं
स्टोरमा आउने ग्राहकको थियो । परेछ भनेर कल व्याक गरेँ । नियमित ग्राहकले
के भने मलाइ थाहा छैन । (भक्कानिँदै) उसले जे भनि म सुन्नै सक्दिन कसरी
भनुँ ? त्यो ग्राहकले समिरा इज सट् डेड भनि । त्यसैपछि मैले केही थाहा पाइन
। यो फोनले मेरो जीवनमै बज्रपात ल्याईदियो ।
कलोनी सहरमा रहेको आफ्नै स्टोरमा काम
गरिरहेका वेला जुन १० वुधवार विहान ग्राहकको भेषमा आएको एक लुटेराले
टाउकोमा गोली हानी समिराको हत्या गरेको थियो । समिरा र म ५ वर्षअघि विवाह
वन्धनमा बाँधिएका थियाैं ।
सन् १९८४ अप्रिलमा सर्लाहीमा जन्मेकी
समिरा तीन वर्षअघि अमेरिका आएकी थिईन । तीन वर्षअघि जव उनी ड्यालस
एयरपोर्टमा ओर्लिन मलाई भेट्नासाथ अंगालो हालेकी थिईन । मलाई अझै आशा छ,
उनी फेरि यसरी नै मलाई अंगालो हाल्न आउँछिन् ।
दैव मेराे र दुई नावालक छोरीका लागि
असाध्यै निष्ठुर छ, समिराको मृत शरिर बुझ्नका लागि अस्पतालले पठाएको पत्रमा
मैले हस्ताक्षर गरेको छु ।
नियमित ग्राहकको त्यो फोनपछि भाईलाई फोन
गरेर स्टोरमा इमरजेन्सी छ त्यहाँ जान भनेँ। भाई घरमै आएपछि उसकै गाडी लिएर
स्टोर पुग्दा त्यहाँ प्रहरीको घेरा वनिसकेको थियो । मलाई आशा थियो, उनी अझै
वाँचेकी छन् ।
त्यहाँ एक जना प्रहरीले भने आईएम सरी योर
वाइफ इज नो मोर भनेपछि मलाई सम्हालिन अझ कठिन भयो । सम्हालिन कठिन भईरहेको
थियो । प्रहरीले क्यामरा हेर्न खोजे । समिराको शव अस्पताल लगिएको रहेछ ।
मलाई उनी अझ आउँछिन भन्ने थियो । जव भोलिपल्ट अस्पतालवाट मृत शरिर वुझ्नका
लागि चिठ्ठी आयो त्यसपछि मलाई सम्हाल्न गाह्रो भयो ।
हत्यारालाई ढिलो चाँडो प्रहरीले पक्राउ
गर्लान । वर्णभेद, धर्मभेदमा मेरो विश्वास छैन तर, म यही भन्छु यस्तो
कसैमाथि नहोस नेपाली मात्र होइन कुनै मानव माथि यस्तो नहोस कसैले अकालमा
विनाकारण ज्यान गुमाउनु नपरोस् ।
(अमेरिकाकाे डेन्टनस्थित समिराको घरमा उनका पति नवराजसँग विकासराज न्यौपानेले गरेको कुराकानीमा अाधारित)
(प्रहरीले सुचना दिनेलाई १० हजार डलरको
पुरष्कार पनि घोषणा गरेको छ । केही सुराक मिलेको र हत्यारा छ्टिै पक्राउ
पर्ने प्रहरी स्रोतले जनाएको छ । समिराको आइतवार अन्त्येष्टी गरिने छ । )


