मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
Advertise Here Book Now

सिरहा, ३० जेष्ठ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको अयोध्यानगरमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकलका चालक सिरहा गोलबजार नगरपालिका ४ का मनोजकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 
पूर्वबाट पश्चिमतर्फ जादै गरेको  स. ४ प. ४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अयोध्यानगर ३ स्थित राजमार्गमा दुर्घटना भएको थियो

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्