बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ २३ / पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर–३ गुलरियामा आज बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बाजुराबाट महेन्द्रनगर आउँदै गरेको म१ख ५५८ नम्बरको महाकाली यातायातको बसले सोही दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कैलालीको धनगढी नगरपालिका–१३ कैलाली गाउँका ४७ वर्षीय मुरलीधर भट्टको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

से२प ४८६७ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरतर्फ आइरहेका भट्टलाई बसले पछाडिबाट ठक्कर दिँदा घाइते भएका थिए । उनको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए । दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्