जिल्ला शिक्षा अधिकारीकै कारण शिक्षा क्षेत्र अस्तव्यस्त बनेको आरोप
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असाढ़ २/
जिल्ला
शिक्षा अधिकारीको गैरजिम्मेवारीपनले ओखलढुंगाको शिक्षाक्षेत्र अस्तव्यस्त
बनेको विभिन्न राजनैतीक दलका नेताहरुले आरोप लगाएका छन् । उच्च स्तरीय
प्रशासन सुधार कार्यन्वयन तथा अनुगमन समिति र सामान्य प्रशासन मन्त्रालयको
आयोजनामा सदरमुकाममा भएको एक कार्यक्रममा बोल्दै विभिन्न दलका नेताहरुले
यस्तो आरोप लगाएका हुन् । कांग्रेसको ईसारामा मात्रै जिल्ला शिक्षा अधिकारी
चलेको भन्दै एमाले र माओवादीका नेताहरुले खुब आक्रोस पोखेका थिए ।
सामान्य
प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
नेकपा माओवादीका केन्द्रिय सदस्य मोहन खड्का हिमशिखरले प्रशासन सुधारको काम
जिल्ला र स्थानिय स्तरबाट नभई मन्त्रालय तहबाटै सुधार गर्न आग्रह गरे
।‘मन्त्री ज्यू तपाईले प्रशासन सुधार गर्ने कुरा जिल्लाबाट होईन मन्त्रालय
तहबाट सुरु गर्नुस् अनि योजना सार्थक होला ।’ उनले भने ‘मन्त्रालयमा
कांग्रेसको कोटाबाट सचिव ल्याईयो अनि ति सचिवले कांग्रेसकै जिल्ला शिक्षा
अधिकारी बनाएर पठाए,अनि यहाँ काम पनि कांग्रेसकै मात्रै भयो ।’ जिल्ला
शिक्षा अधिकारी विजय आचार्य कै गैरजिम्मेवारी पनले ओखलढुंगाको शिक्षा
क्षेत्र अस्तव्यस्त बनेको उदाहरण उनले प्रश्तुत गरेका थिए ।
कार्यक्रममा
बोल्दै एमाले जिल्ला सचिव नेत्र भट्राईले जिल्ला शिक्षा अधिकारी वियज
आचार्यको गैरजिम्मेवारीपनका कारण जिल्लाको पछिल्लो शैक्षीक अवस्था
अस्तव्यस्त बनेको भन्दै उनको सम्मानका लागि भएपनि सरुवा गरेर अन्यन्त्र
पठाईदिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आग्रह गरे । उनले जिशिअ
आचार्यको सम्मानका लागि भएपनि सरुवा गरिदिन अन्यथा आचार्यको कार्यशैली
विरुद्ध उत्रीन सक्ने भन्दै त्यसले ठुलोरुप लिनसक्ने चेतावनी दिए ।
जिल्ला
शिक्षा अधिकारी जिम्मेवार नभएको आवाज अरु सरोकारवालाहरुले पनि उठाएका थिए ।
कार्यक्रममा बोल्दै एक यूवाले भने ‘मन्त्री ज्यू कांग्रेसका जिल्ला शिक्षा
अधिकारीले कांग्रेसकै काम मात्रै गरे भनेको सुनिहाल्नु भो अरु पार्टीको
काम गर्न अब अरु पार्टीका जिल्ला शिक्षा अधिकारी पठाउनुहुन्छ ? अनि हामी
सर्वसाधारणको काम कस्ले गर्छ ?’ जिशिअ आचार्यको कार्यशैली प्रति व्यापक
विरोध र आवाज उठेपछि मन्त्री पण्डितले आस्था परिवर्तन गर्न आफुले नसक्ने
भन्दै आस्थाका आधारमा सेवामा विभेद नगर्न आग्रह गरे । उनले कार्यालय समयमा
कुनै विभेद भए कारबाहि गर्ने चेतावनी दिए ।


