तरकारी खेती गर्न सिरहाका ५३ युवालाई सहयोग
Advertise Here Book Now
लहान, २६ असार । कृषि विकास कार्यालय सिरहाले जिल्लाका ५३ जना युवालाई तरकारीखेती गर्न कृषि सामग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ । युवालाई तरकारीखेतीतर्फ आकर्षित गर्न कृषि विकास कार्यालयले जिल्लाका युवालाई जनही रु ६० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो ।
तरकारीखेतीका लागि इच्छुक युवा किसानलाई कृषि सामग्री खरिदका लागि तीन किस्तामा गरी रु ६० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवले जानकारी दिए । युवा लक्षित तरकारीखेती कार्यक्रमअन्तर्गत युवालाई तरकारीखेतीमार्फत आयआर्जनमा सघाउन आर्थिक सहयोग प्रदान गरेको उनले बताए ।
यस्तै जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धानको बीउ वितरण गरेको छ । किसानको मागअनुसार यसवर्ष ललका बासमती, स्वर्ण सबन, सुक्खा ३, सावा मन्सुली, सावित्री १२, हर्दिनाथलगायत जातको १२ मेट्रिक टन धान वितरण गरेको योजना अधिकृत यादवले बताए । रासस


