पुर्व गृहराज्य मन्त्री यादवको मृत्यु
Advertise Here Book Now
जलेश्वर,चैत्र १८ गते ।
नेपाली काग्रेंसका दिग्गज नेता एवं पुर्व गृहराज्य मन्त्री ६५ वर्षिय महेन्द्र राय यादवको मंगलवार साझ ४ बजे मृत्यु भएको छ । लामो समय देखि क्यान्सरले पिडित रहेका यादवको भरतपुर क्यान्सर अस्पतालमा उपचार हुदै आएको थियो । लामो राजनितिक यात्रा गरेका यादव क्षेत्र नं. २ बाट दुई पटक सभासद भैसकेका छन ।
उनको पार्थीव शरिरलाई अन्तिम दर्शनको लागी बुधवार विहान ९ बजे देखि ने.का.को पार्टी कार्यालय परिसरमा राखिएको थियो । यादव लाई श्रद्धान्जली दिन भने ने.का. का केन्द्रिय सदस्य रामचन्द्र तिवारी, सभासद सिताराम भण्डारी लगायत वरिष्ट नेताहरु उपस्थित रहेका थिए । पार्टी कार्यालयमा श्रद्धान्जली कार्यक्रम पश्चात उनको पार्थीव शरिरलाई पैतृक गाउ खुटटा पिपराढी वडा नं. १ मा दाह संस्कारको लागी लगिएको छ । बुधवार नै उनका जेष्ठ सुपुत्र विमल यादवले दागबत्ती दिने ने.का.का जिल्ला सभापति महेन्द्र कुमार रायले बताएका छन । यादवको एक श्रीमति ,दुई छोरा र एक छोरी छिन ।