जनकपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा
Advertise Here Book Now


Kalo-Jhandaजनकपुरधाम, ३० असार । संविधानको मस्यौदाप्रति असहमति जनाउँदै जनकपुरका केही युवाहरूले प्रधानमन्त्री सुशील कोइरालालाई कालो झण्डा देखाएर विरोध गरेका छन् ।
संविधानको प्रारम्भीक मस्यौदा मधेस विरोधी भएको आरोपमा मधेस अधिकार संघर्ष समिति नामक संगठनका युवाले प्रधानमन्त्रीलाई आज कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने क्रममा प्रहरी र युवाहरूबीच केही बेर धकेलाधकेल भएको थियो ।
प्रधानमन्त्री कोइराला राम युवा कमिटीद्वारा जनकपुरको प्रसिद्ध राममन्दिरको छेउमा निर्माण गरिएको राम टावरको उद्घाटन गर्न जनकपुर आएका हुन् ।
प्रधानमन्त्री कोइराला जानकी मन्दिरमा पूजापाठ गरेपछि कार्यक्रम स्थल जान लागेका बेला प्रदर्शनकारीले जानकी मन्दिरको मुलद्वार नजिकै कालो झण्डा देखाएका थिए ।
- See more at: http://www.souryadaily.com/2015/07/112068.html#sthash.XvCqrasA.jgHCmnra.dpuf

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्