लहानमा सार्वजनिक सुनवाई, सडक विजुलीवत्तीको गुनासो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ,लहान १ साउन । लहान नगरपालिकामा थपिएका गाविसहरुमा विजुली वती, सडक निर्माण, चर्पी निर्माण, भूक्षय, शिक्षा, स्वास्थ्य, समूहगत व्यावसाय लगायतको विषयमा आज (असार ३१ ) लहानमा गहिरो अन्तरसम्वाद भएको छ ।



लहान नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाईमा यस्तो अन्तरसम्वाद भएको छ । लहान नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण कार्कीका सभाध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला खानेपानी तथा डिभिजन कार्यालय लहानका प्रमुख देवनाथ सिंहले ‘ सिरहा जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने जुन लक्ष्य लिएको छ । त्यसको लागि लहान नगरपालिकाले समेत सोही अवधीमा रहि अभियान तिब्र पार्नुपर्ने ध्यनाकर्षण गराउंनुभयो । सिंहले लहान नगरपालिका मात्र नभई जिल्लाभरी शुद्ध खानेपानीको व्यवस्था गर्न हामी सक्रिय छौं बताउंनुभयो ।


विधुत प्राधिकरण शाखा कार्यालय लहानका प्रमुखले ‘ मेरो घर यही भएकोले घरघरमा विजुली वती बाल्न हामी अलिकति पनि कन्जुसाई नगर्ने र विद्युत चुहावट रोक्न नागरिक समाज पनि सक्रिय हुनुपर्ने बताउंनुभयो । विद्युतका प्रमुखलाई सार्वजनिक कार्यक्रममा फोरम लोकतान्त्रिकका रामअवतार शर्मा, नेमकिपाका रामअशिष महतो, कांग्रेसका विरेन्द्र चौधरी, गडुडबहादुर मगर, शत्रुधन मण्डल ,सद्भावनाका वालेश्वर यादव, एमालेका राजेन्द्र साह, पत्रकार महासंघका सचिव जीवछ उदासीलगायतले विद्युत जडान ,विद्युत पोल मर्मत, दलित वस्तीमा विजुलीवतीको पहुंचमा विभेदलगायतको प्रश्न तेर्साइएको थियो । यस्तै पत्रकार महासंघका नि.अध्यक्ष तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले सिरहाका सबै भन्दा विकसित वडा लहान ७ रहेपनि हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा नभएको भनी गुनासो गर्नुभएको थियो । पत्रकार गुप्ताले महासंघलगायत संघसंस्थाको नाममा सिफारिस भएको जग्गा हालसम्म नगरपालिकाले उपलब्ध नगराएको समेत गुनासो गर्नुभएको थियो । कार्यक्रममा समूहगत व्यावसायीवारे रंजिता मण्डल, नेपाली साहलगायतले चर्चा गर्नुभएको थियो । 
कार्यक्रमवारे नगरपालिकाका इंजिनियर शत्रुधन चौधरीले जानकारी गराउंनु भएको थियो भने कार्यक्रम शेखर कार्कीले संचालन गर्नुभएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्