सिरहामा ९० प्रतिशत शिक्षकको घर चर्पीविहीन
Advertise Here Book Now

लहान ३१ असार । सिरहा जिल्लाका ९० प्रतिशत शिक्षक (गुरु)हरुको घरमा चर्पी निर्माण नरहेको डिवाससीसी सिरहाको बैठकमा खुलासा भएको छ ।
जिल्ला शिक्षा अधिकारी ओम कटुवालकै अगाडि सिरहा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न शिक्षकहरु नै बाधक रहेको सो बैठकमा लामो चर्चा चलियो ।
नेपाल रेडक्रस सोसाईटी सिरहाका अध्यक्ष राजदेव यादवले भने शिक्षक संघ संगठनका अध्यक्षहरुले नै चर्पी निर्माण गर्न चाहदैन् ,अनि अरु शिक्षकहरुले के चर्पी बनाउंला ?’ ‘गुरु जस्ताले सरसफाईमा ध्यान दिंदैन् भने अरुको के शिक्षा देला र ?’
यस्ता कुराहरु सुन्न नसकेर जिल्ला शिक्षा अधिकारी जंगिएर भने ‘हाम्रो कारण सिरहा जिल्ला खुल्ला दिशामुक्त क्षेत्र हुंदैन् भने शिक्षकहरुलाई कारवाही गर्नुपर्छ ।’ सन् २०१५ सम्ममा सिरहा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न यतिबेला सिरहाका सरोकारवाला निकाय सक्रिय भएर अभियानमा जुटेका छन् । यस अभियानलाई अझ सक्रिय बनाउंन र शिक्षकहरुलाई चर्पी निर्माणमा जोड दिनको लागि शिक्षक सरसफाई कार्ड अनिवार्य गर्ने भएको छ । सरसफाई कार्ड लिएर नआउंने शिक्षकलाई तलब भत्तालगायत आवश्यक सुविधामा रोक लगाउंने तयारीमा जुटेको जानकारीमा आएको छ । लक्ष्य प्राप्तिको लागि हालसम्म सिरहा जिल्लामा ८ वटा गाविस र लगभग ५० प्रतिशत घरमा चर्पी निर्माण भइसकेको छ । चार वटा नगरपालिका मध्ये लहान नगरपालिकामा लगभग ८० प्रतिशतको घरमा चर्पी निर्माण रहेको जानकारीमा आएको छ । करिब आधा दर्जन गाविस आउंदो दूई सत्ताभित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने भएको छ ।

