गाविस सचिवको अपहरण मुद्दामा १४ जना पक्राउ
Advertise Here Book Now
समाचारदाता
गौशाला, असार २५ गते ।
गाविस सचिवको अपहरणमा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले एक भारतीय नागरिकसहित १४ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो सदरमुकाम जलेश्वरबाट अपहरणमा परेका गाविस सचिव शिवशरण रायलाई पनि प्रहरीले सकुशल अपहरण मुक्त गराएको छ । महोत्तरीको एकडारा बेला गाविसका सचिव रायलाई बिहीबार दिउँसो पौने १ बजे सदरमुकाम जलेश्वरको व्यस्त बजारबाट १४ जनाको समूहले अपहरण गरेको थियो ।
विआर ५५ ए ५१६५ नम्बरको भारतीय स्कर्पियो गाडीमा आएका उनीहरुले सचिव रायलाई जबर्जस्ती समातेर गाडीमा राखी लैजाँदै गर्दा बख्रीको रातुपुल नजिकबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक सौरभसिंह राणाले जानकारी दिनुभयो । प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटको गाडी पनि नियन्त्रणमा लिएको छ । अपहरणमा सलग्नले सचिव रायले आफूको योजना अनुसार काम नगरकाले उनलाई अपहरण गरिएको बयान प्रहरीलाई दिएका छन् ।
पक्राउ पर्नेमा एकडारा बेलाका अखिलेश यादव, शिवप्रसाद यादव, लक्की यादव, तेजुकुमार यादव, उत्तिम यादव, सरोज यादव, दिपेन्द्र यादव, कलिम अन्सारी, सुनिलकुमार यादव, आजिम राइन, मोजिम अन्सारी, इस्राइल कबारी, सहदेव साह र गाडी चालक भारतीय नागरिक देबेन्द्र ठाकुर छन् ।
उनीहरु विरुद्ध शुक्रवार जिल्ला अदालत महोत्तरीमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो । काम भएको योजनाको निकासा नदिएको, आफूहरुले भनेको योजनामा बजेट नपारेको र आफूहरुको निर्देशन नमानेको कारण सचिवको अपहरण गरिएको बयान उनीहरुले प्रहरीलाई दिएका छन् ।