अब मधेशमा फेरी अधिकार संघर्ष समितिद्वारा गर्यो आंदोलन घोषणा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम , २३ असार । मधेश अधिकार संघर्ष समितिले विरोध तथा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समितिले मंगलबार शंखनाथ गरेको थियो । समितिले बुधबार मधेशको अधिकारका लागि आन्दोलनको जनकपुरको यात्री निवासमा आन्दोलनको समीक्षासहित नयाँ विरोध र आन्दोलनका कार्यक्रमहरु सामूहिक छलफलपछि घोषणा गरेको छ । समितिले १६ बुँदेमा हस्ताक्षर गर्ने प्रमुख चार दलका अध्यक्षहरुको पुतला जलाउनेदेखि प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेसम्मका विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम ः
१. २०७२।३।२४ गते बिहिबार सन्ध्या ४ बजे मधेश विरोधि पार्टी काँग्रेस, एमाले, एमावोबादी र फोरम लोकतान्त्रिकका अध्यक्षहरु क्रमशः सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजयकुमार गच्छदार साम्प्रदायिक सोचको संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङको जनकपुरको शिवचोकमा पुत्ला दहन गर्ने निर्णय गरियो ।
२. २०७२।३।२५ शुक्रबार जनकपुरको राम टावर उद्घाटन गर्न प्रधान मन्त्री सुशिल कोइराला आउने भनि विभिन्न मिडियामा आएको समाचारको आधारमा उक्त कार्यक्रम मा आउने मधेश विरोधी प्रधानमन्त्री सुशील कोइरालालाई जनकपुरको मुरली चोकमा कालो झन्डा देखाई विरोध गर्ने निर्णय गरियो ।
३. २०७२।३।२६ गते शनिबार दिनको २ः३० बजे जनकपुरको जनकचोकमा बृहत अन्तरक्रिया नागरिक समाज, बुदिजीबी, पत्रकार, विभिन्न पार्टी, व्यापारी, उद्योगी, युवाहरुसग गर्ने निर्णय भयो ।
४. २०७२।३।२८ सोमबारदेखि धनुषाको सम्पूर्ण सभासदहरुको घरमा गएर घरदैलो गर्ने कि मधेशको मुद्दा संविधानसभामा कठोर र जोडका साथ उठाउन अनुरोध र आग्रह गर्ने लगायतका प्रथम चरणको आन्दोलन बुधबार निर्णय गरी घोषणा गरियो ।


