म्यानपावर व्यवसायीद्धारा बैदेशिक रोजगार विभाग घेराउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम , असार २३ – सरकारले लागु गरेको निःशुल्क भिषा र
निःशुल्क टिकटको विरोधमा म्यानपावर व्यवसासीले बैदेशिक रोजगार विभाग घेराउ
गरेका छन् । बुधवार विहान १० बजेदेखि उनीहरुले विभागको ताहचल स्थीत
कार्यालय अघिल्तिर प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनमा ठूलो संख्यामा
व्यवसायी, म्यानपाव कम्पनीमा कार्यरत कर्मचारीहरु र स्वास्थ्य व्यवसायी
संलग्न छन् ।
‘सरकारले अपर्झट रुपमा निःशुल्क भिषा र निःशुल्क टिकट लागु गरेर नेपालीको बैदेशिक रोजगारलाई नै ध्वस्त पार्न थालेपछि हामी विरोधमा उत्रेका हौं’ नेपाल बैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष कुमद खनालले भने । आफूहरु निःशुल्क भिषा र निःशुल्क टिकटको पक्षधर भएपनि त्यसका लागि पहिले नेपाल सरकारले गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्नुपर्ने खनालको तर्क छ । उनका अनुसार सरकारले निर्णय नसच्याएसम्म विरोध जारी रहनेछ ।
मंगलवार मात्र व्यवसायीको भेलाले अनिश्चितकालका लागि म्यानपावर कम्पनी बन्द गरेर आन्दोलनमा उत्रने निर्णय गरेको थियो । झण्डै ७ सय व्यवसायीको भेलाले सो निर्णय गरेको थियो ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुंगले एकलौटी ढंगमा गरेको निर्णय गलत भएको भन्दै उनीहरुले जस्तोसुकै आन्दोलनका लागि तयार भएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका थिए ।

