पत्रकार महासंघमा लर्गाइएको तालाबन्दी १४ पछि खोलियो, अध्यक्षले एमालेको जिल्ला सदस्य पदबाट राजिनामा दिनुपर्ने मांग
Advertise Here Book Now

नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा लगाइएको ताला खोलेर महासंघ सप्तरीका पुर्व अध्यक्ष शिवहरी प्रसाद भट्टराईलाई साँचो जिम्मा लगाइँदै ।  ऑनलाइन सिरहा डटकम,नेपाल पत्रकार महासंघ शाखा सप्तरीको विवाद सुल्झाउन साउन ७ गते भित्र मागहरु सम्बोधन हुने गरी शाखाका पूर्वअध्यक्षहरुले स्वतेपत्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेपछि १४ दिनपछि ताला खोलिएको छ  । महासंघको कार्यसमितिको कार्यशैली विरुद्ध सप्तरीका पत्रकारहरुले आन्दोलनका चरणहरु पार गर्दै असार १५ गते तालाबन्दी गरेका थिए । पूर्व अध्यक्षहरुले सत्यतथ्य छानबिन गरी जारी गर्ने स्वतेपत्र संघर्ष समिति र महासंघको कार्यसमिति दुवै पक्षले स्वीकार गर्ने सहमती जनाएका छन् । महासंघमा गरिएको तालाबन्दी सम्बन्धमा शाखाका पूर्व अध्यक्षहरुको समन्वयमा शाखाको वार्ता समिति र संघर्ष समितिका वार्ता समिति बीच दुई चरणको वार्ता पश्चात भएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरी कार्य समितिको कार्यशैली विरुद्ध आन्दोलनरत पक्षद्वारा प्रस्तुत २६ बुँदे माग सम्बोधन गर्ने तथा कार्यसमिति र आन्दोलनरत पक्षले पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको  छ । महासंघका पुर्व अध्यक्षहरु, महासंघ कार्यसमितिका पदाधिकारी र संघर्ष समिति बिच असार २५ र २७ गते दुई चरणमा भएको वार्तामा पत्रकारहरुको माँगलाई सम्वोधन गर्दै अघि वढ्ने सहमति भए अनुसार आन्दोलनका कार्यक्रम फिर्ता लिईएको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाले जानकारी दिए । सहमति अनुसार आन्दोलनका क्रममा पत्रकारहरुद्वारा उठाईएका २६ वुँदे माँग सम्वोधन गर्न पुर्व अध्यक्षहरुले जिम्मेवारी लिएको र त्यसले विश्वासको वातावरण बनाएको खड्गाले विज्ञप्ति मार्फत जनाएका छन् ।
‘बार्ताका क्रममा सप्तरीको पत्रकारिता इतिहासमा पहिलो पटक महासंघमा भएको तालाबन्दीको औचित्य पुष्टि गर्न सक्नु र संघर्ष समितिका २६ बुँदे मागलाई सम्बोधन गर्ने जिम्मेवारी पुर्व सभापति ज्युहरुले लिनु संघर्षको सफलताको रुपमा लिएका छौं’–खड्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संघर्ष समितिले उठाउदै आएका अधिकांश मागहरु छलफलमा स्थापित गर्नु आन्दोलनको सफलताको रुपमा लिएको वताउँदै संयोजक खड्गाले संघर्ष समितिको २६ बुँदे मागलाई संबोधन गर्ने गरि साउन ७ गते पुर्व अध्यक्षहरुले स्वेतपत्र जारी गर्ने र महासंघले त्यसलाई अनुमोदन गर्ने गरी भएको सहमति सकारात्मक भएको बताएका छन् ।
स्वेत पत्र जारी गर्न कतिपय रेकर्ड अध्ययन गर्नुपर्ने र महासंघको ताला खोल्नुपर्ने भन्दै पुर्व सभापतिहरुले आग्रह गरेपछि असार २८ गते बसेको संघर्ष समितिको बैठकले पुर्वअध्यक्षहरुलाई नै साँचो जिम्मा लगाउने निर्णय भएको उनले बताए । यद्यपी स्वेतपत्र जारी नहुञ्जेल महासंघको तर्फवाट आर्थिक कारोवार नगर्न र दिर्घकालिन असर पर्ने कुनै निर्णय, पत्राचार वा सम्झौता नगर्न समेत बैठकले माग गरेको खड्गाले जानकारी दिए ।
  कार्यसमितिको क्रियाकलापवाट रुष्ट पत्रकारहरुले महासंघका अध्यक्ष प्रकाश खतिवडाले नेकपा एमाले जिल्ला कार्यसमितिको सदस्यवाट राजिनामा दिनुपर्ने, आर्थिक अनियमितता बारे अधिकार सम्पन्न समिति गठन गरी छानबिन गर्नुपर्ने, बार्षिक साधारण सभाको मिति तोक्नुपर्ने, शाखाको कतिपय क्रियाकलाप महासंघको उदेश्य बिपरित भएकोले त्यसलाई सच्याउनुपर्ने, कार्यसमितिको वैठकमा सल्लाहकारहरुलाई अनिवार्य आमन्त्रित गर्नुपर्ने लगायतका माग राखि आन्दोलन गर्दैआएका थिए ।
कार्य समितिले संघर्षरत पक्षको मागलाई बेवास्ता गरेपछि पत्रकारहरुले कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनलाई निरन्तरता दिएका थिए । महासंघको कार्यालयमा तालाबन्दी गरिपछि शाखाका पुर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्टराई, विष्णु मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, शम्भु झा, धिरेन्द्रप्रसाद साह लगायतले वार्ताका लागि वातावरण तयार गरेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्