दिन दाहाडै नेपालगन्जमा हत्या, पाँच जना प्रहरी नियन्त्रणमा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असार २८,नेपालगन्ज सुर्खेतरोडमा खुडा प्रहार गरी एक युवकको हत्या भएको छ ।एक समूहले खुकुरी प्रहार गर्दा हात छुट्टिएका चेतन मानन्धरको अत्याधिक रक्तश्राव भई मृत्यु भएको हो ।
तत्कालै अस्पताल पुर्याइएका मानन्धरलाई अस्पतालले काठमाडौं रेफर गरेको केही क्षणमै उनको मृत्यु भएको बाके प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार, मानन्धरको हत्यामा संलग्न व्यक्तिहरुलाई बा“केका विभिन्न ठाउमा छापामारी ५ जना युवाहरुलाई पक्राउ गरिसकेको र अन्यको खोजी भैरहेको छ ।
पक्राउ परेकाहरुले आफुहरु रिगल समूहको भएको बयान दिएको बाँके प्रहरी प्रवक्ता डिएसपी सुशिल सिंह राठौरले जानकारी दिए ।

