हत्या पछि सुरक्षा कडा
Advertise Here Book Now

11736898_1202282009798881_1172367897_nऑनलाइन सिरहा डटकम आसार २८,सोमबार नेपालगन्जका एक युवाको दिन दहाडै हत्या भएपछि बा“के प्रहरीले नेपालगन्जको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले मंगलबार बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरेको छ ।
नेपालगन्ज ब्यस्त बजारमै सोमवार दिउँसो एक युवक माथि खुँडा प्रहार भयो, दायाँ हात छुट्टिएको उनलाई प्रहरीले नेपालगन्ज मेडिकल कलेज पुर्यायो तर काठमाण्डौ रेफर गरिएका ती युवक केहि बेरमै ज्यान गयो ।
सोमबार दिउँसो ब्यस्त बजारमा नेपालगन्ज–८ गगनगन्जका २५ बर्षीय चेतन मानन्धरलाई ७ जना युवाहरुको समूहले खुँडा प्रहार गरेको थियो । थप उपचारका लागि काठमाडौं लैजाने तयारीकै क्रममा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुशील सिंह राठौरले बताए ।
विमानस्थल पुर्याउ“दा पुर्याउ“दै मानन्धरको मृत्यु भैसकेको थियो । खुँडा प्रहारले मानन्धरको दाहिने हात छिनेको थियो । ‘गम्भीर अवस्था भएकाले उनलाई काठमाडौं रिफर गरिएको थियो’, राठोरले भने, ‘एयरपोर्ट नपुग्दै मृत्यु मानन्धरको मृत्यु भयो ।’
घटना लगत्तै सक्रिय रुपमा कारवाही थालेको प्रहरीले केही घण्टामै ७ जनालाई पक्राउ गर्यो । लखेटेर ५ जनालाई र घरमा लुकेको अवस्थामा २ जनालाई पक्राउ गरि हिरासतमा राखेको जनाएको छ । प्रहरीका अनुसार, घटनामा संलग्न पक्राउ परेका ७ जना युवाहरुले आफुलाई रिगल समूहको भएको बयान दिएका छन् । रिगल तरुण दलका क्षेत्रीय सभापति हुन् ।
घटनामा संलग्न रहेका मोहन खड्का, कोहलपुर, नवराज खत्री शम्शेरगन्ज, विशाल बस्नेत सुर्खेत, प्रशान्त गौतम रुकुम, केशव रोकाय ढकेरी, माधव परियार बेलासपुर, प्रितम थापा न्युरोड रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यलाई प्रहरीले खोजी गरिरहेको छ ।
नेपालगन्जको सुर्खेतरोडस्थित सिद्धार्थ कटेज छेउमा एक्लै हिडिरहेको अवस्थामा न्यूरोड हु“दै घरबारीटोलबाट छिरेका अभियुक्तले एक्कासी मानन्धरलाई खुँडा प्रहार गरेको प्रहरीले जनाएको छ । खुँडा प्रहार गरेर भाग्दै गरेका मध्ये ५ जनालाई लखेटेर समात्न सफल भएको प्रहरीले केही घण्टामै साँझ घरभित्र लुकेको अवस्थामा २ जना पक्राउ गर्न सफल भयो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
घटनाको जानकारी पाएलगत्तै कारवाहीमा उत्रिएको प्रहरीले अभियुक्तहरुलाई खेतमा भाग्दै गर्दा एक किलोमिटर सम्म लखेटेर समातेको हो ।
‘नेपालगन्ज स्थित एउटा होटलको रुम नं. १०४ रिगलको नाममा असार २० गतेबाट रिजर्व रहेको पाइयो’, डीएसपी राठौरले दैनिक नेपालगन्जस“ग भने, ‘रिगलका दायाँ हात मानिएका सोहन भन्ने ब्यक्तिले पूरै टिमलाई परिचालन गरेको रहेछ ।’ ‘२० गतेबाटै हत्याको योजना बनेको हो’, डिएसपी राठौरले भने ।
प्रहरीले घटनामा अरु कति जनाको संलग्नता रहेको बारेमा जानकारी जुटाउनमा प्रयासरत रहेको बताइएको छ । मृतकको शव नेपालगन्ज मेडिकल कलेजमा राखिएको छ । घटना लगत्तै नगरवासीहरु असुरक्षा विरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिए ।
सुरक्षाको संवेदनशील स्थान मानिएको ठाउँमा प्रहरी असक्षम रहेको भन्दै नगरवासीहरु दिउँसो एक घण्टा बीपी चोक अवरुद्ध पारे । टायर बालेर उनीहरुले घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरे । हत्या घटनाले घण्टौसम्म नगरका चोक चौराहा तनावपूर्ण देखिए, प्रहरीले
बल प्रयोग गरी बाटो खुलायो । अबेर राति सम्म प्रहरीले विभिन्न होटल र नाकाहरु खान तलासी जारी राखेको बुझिएको छ । खान तलासीका क्रममा एउटा खुडा थप फेला परेको प्रहरी भनाइ छ ।
घटनालाई लिएर नेकपा एमाले बा“केले गम्भीर चिन्ता व्यक्त गरेको छ । एमाले बा“के सचिव रत्न खत्रीले सोमबार नै प्रेस विज्ञप्ति जारी गरी युवा संघ नेपाल नेपालगन्जको नगर कमिटि सदस्यका रुपमा चेतन मानन्धर संगठित रहेको खुलाएका छन् ।
‘घटनामा संलग्न व्यक्ति र समूहलाई कुनै पनि राजनीतिक आस्था, रुप वा आवरणको आधारमा संरक्षण नगरी कडा भन्दा कडा कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनस“ग माग गर्दछौं’, विज्ञप्तिमा खत्रीले भनेका छन् ।

चेतन हत्यामा कहा“ चुक्यो प्रहरी ?

न्यूरोडबाट एक हुल मोटरसाइकलमा अस्वभाविक गतिका साथ एउटा समूह घरबारीटोल प्रवेश गर्दा त्यहा“को प्रहरी बिट एक तमासले हेरिरह्यो । ‘कमसेकम यो हुल कहा“ जा“दैछ भन्ने कुराको संकेत बुझेर प्रहरी परिचालनका लागि सूचना दिन सकिन्थ्यो होला नि’, दिउ“सो २ बजेदेखि नै न्यूरोडमा अस्वभाविक युवा सक्रियता नियालिरहेका एक व्यापारीले भने, ‘प्रहरीले तमासा हेरि मात्रै रह्यो ।’
घरबारीटोल हु“दै बेतोडको गतिले मोटरसाइकलहरु सुर्खेतरोड छिचोल्दा धम्बोझी चोकका प्रहरीहरु पनि साक्षी छन् । अनुहार लुकाएर बेतोडले कुदाएका मोटरसाइकलहरु केही अगाडी रोकिए । झोलाबाट खु“डा निकालेर छप्काइहाल्नु पूर्व केहीबेर भनाभन भयो । ‘एक जना घुमुवाले नहान्नुस् भन्दै रोक्न खोजेका थिए’, अर्का प्रत्यक्षदर्शीले भने, ‘उनले गुण्डाहरुलाई रोक्नुको साटो प्रहरीलाई सूचित गरेको भए सायद घटना रोकिन्थ्यो कि !’
असारको दोस्रो सातादेखि ग्याङ फाइटको भनक पाएको बा“के प्रहरी रातदिन ‘गुण्डाविरुद्धको अप्रेसन’भन्दै खटिए । रिगल ढकालका ससुराली देखि घरमात्रै होइन होटलसम्म चाहारे । ‘नगर प्रहरी प्रमुखले जथाभावी मान्छे समात्न थालेपछि माथिबाटै अप्रेसनलाई निरुत्साहित पारियो’, एक प्रहरी अधिकृत भन्छन् ।
सिम्ताली होटलमा यात्रु ओसारपोसारको ‘असुली’ विवादबाट चेतन र रिगल गु्रप बीच ग्याङ फाइटको सुत्रपात भएको थियो । स्रोतका अनुसार, तनाव यसरी बढ्दै गयो एकरात थकाली भान्सा घरमा हात हालाहाल भयो । ‘अर्को रात बसपार्कबाट एकजनालाई उठाएपछि प्रहरी हर्कतमा आयो’, एक समुहका सदस्य भन्छन्, ‘तर, जहा“ जहा“ प्रहरी जान्थ्यो पहिले नै सूचना पाएर दुवै ग्याङ साइड लाग्थ्ये ।’

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्