सभासद् कर्णलाई नेवि संघले कालो मासो दले
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम,नेपाल विद्यार्थी संघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णलाई नेपाल विद्यार्थी
संघका कार्यकर्ताहरुले कालो मासो दलेका छन् । काठमाडौंको हाडी गाउँस्थित
कर्णकै निवासमा पुगेका विद्यार्थी नेताहरुले कालो मासो दलेको हो ।हुलाकी न्यूजसँग कुराकानी गर्दै कर्णले
आफूमाथि नेवि संघकै नेता कुन्दन काफ्ले नेतृत्वको समूहले गाली बेइजती गर्दै
कालो मोसो दलेको बताए ।कर्ण मंगलबार नै कालो मोसो दल्ने र
दुव्र्यवहार गर्ने नेवि संघका नेताहरु विरुद्ध महानगरीय प्रहरी प्रभाग
कमलपोखरीमा किटानी जाहेरी दिएका छन् ।कर्णले आरोप लगाएका नेता कुन्दन काफ्ले भने
आफूलाई बदनाम गर्ने नियतले कर्णले आफूमाथि आरोप लगाएको बताएका छन् । कर्ण र
काफ्लेबीच लामो समयदेखि विद्यार्थी संघको विषयमा विवाद देखिदै आएको छ ।
