सिरहामा आगलागी हुँदा , दश लाख बराबरको क्षति
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम,लहान । सिरहाको उत्तर पूर्वी क्षेत्रमा पर्ने गोविन्दपुर गाविस–३ मा बिहीबार बिहान आगलागी भएको छ ।
आगलागीमा १५ वटा पशु चौपाया जल्नुका साथै घरमा रहेका सम्पूर्ण सामान जल्दा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
आगलागीमा १५ वटा पशु चौपाया जल्नुका साथै घरमा रहेका सम्पूर्ण सामान जल्दा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय हरि यादवको घरसँगै रहेको गोठमा बस्तुभाउलाई खुवाउन राखिएको गहुँको भुसमा सल्किएको आगोले भएको आगलागीमा गोठमा रहेका एउटा भैँसी र गाई, १२ वटा बाख्रा र पाडी जलेर मरेको स्थानीय अशोककुमार कामतीले जानकारी दिए ।
‘दिनभर खेतमा काम गरेर थाकेकाले मध्यरातमा गोठमा लामखुट्टे भगाउन बालिएको घरबाट भुसमा आगो सल्किएको थाहा नै पाएनौँ’ पीडित यादवले भने ।‘बिहान १ः३० बजेतिर मात्र थाहा पाएपछि वारुण यन्त्र बोलाउँदा बोलाउँदै सबै जलेर खरानी भयो ।’
आगलागीमा परेर यादवको बस्ने दुई वटा फुसको घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेका छन् । यादवले खेतीपाती गर्नका लागि बुधबार लहानस्थित श्रमजीवी बचत तथा ऋण सहकारीबाट ऋण झिकेर लगेको रु ४० हजार नगदसमेत जलेर नष्ट भएको बताए ।

