गुडिरहेको बस सडकमै पल्टिँदा पाँच परीक्षार्थी घाइते
Advertise Here Book Now

Indians Feared Dead as Nepal Bus Accident Kills 16ऑनलाइन सिरहा डटकम,२५ असार गुडिरहेको बस सडकमै पल्टिँदा खोटाङमा पाँचजना गम्भीर घाइते भएका छन् । लोकसेवा आयोगको परीक्षा दिन खोटाङ आउने परीक्षार्थी लिएर दिक्तेल आउँदै गरेको बा३ख ३४४१ नम्बरको यात्रुबाहक बस गएराति बुइपास्थित पञ्चेदोबाटोमा पल्टिँदा पाँच परीक्षार्थी गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा उदयपुरको साउने–३ की ३३ वर्षीया डबलकुमारी राई, सोही स्थानकी २४ वर्षीया गीता थापामगर, उदयपुर नेपालटार–४ का २४ वर्षीय नेत्रबहादुर राई, भोजपुर लेकखर्क–१ का ३० वर्षीया रमा सुयल र सप्तरी तरही–१ की ३७ वर्षीया चन्द्रकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिए । खरेलका अनुसार घाइते सबैको टाउकोमा गहिरो चोट लागेको छ ।
उनीहरुको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको यातायात व्यवसायी सङ्घ खोटाङका अध्यक्ष गणेश शाहीले बताए । रेग्मीटारबाट ३४ जना परीक्षार्थी चढेको बस दुर्घटना हुँदा अन्य परीक्षार्थी सामान्य रहेको प्रहरीले जनाएको छ । बस चालक सुनसरीका दलबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्