बाख्रा चराएको निहुँमा तीन नेपालीमाथि भारतमा मुद्दा
Advertise Here Book Now

ऑनलाइन  सिरहा  डटकम, २५ असार जङ्गल फँडानी गरेको आरोपमा बर्दिया जिल्लाको दक्षिणी सीमा क्षेत्र जमुली भुटाहा गाउँका तीनजना नेपालीलाई भारतीय पक्षले नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
बाख्रा चराउन आफ्ना गाउँ नजिकै रहेको दशगजा क्षेत्रमा गएको अवस्थामा भारतीय अधिकारीहरुले धनबहादुर सुनार, गोरे नेपाली र गगन राईलाई बाख्रासहित नियन्त्रणमा लिई जङ्गल फँडानीको आरोपमा मुद्दा चलाएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले पीडितलाई उद्धृत गर्दै राससलाई बताए।
बर्दिया जिल्लामा मानव अधिकारको वर्तमान अवस्थाको अध्ययन गरी धनगढी पुग्नुभएका आयोगका सदस्य पौडेलले सीमा क्षेत्रको दशगजामा बाख्रा चराउन गएको समयमा हालै यी नेपालीसहित उनीहरुका ५६ वटा बाख्रा भारतीय पक्षले नियन्त्रणमा लिई बहराइच पुर्‍याइएकामा पछि ५३ बाख्रा फिर्ता गरेको र तीनवटा अहिलेसम्म फिर्ता नगरेको अध्ययनका क्रममा पाइएको जानकारी दिए ।
आयोगका सदस्यद्वय पौडेल र मोहना अन्सारी सम्मिलित टोलीले हाल बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा मानव अधिकारको अवस्थाका विविध पक्षबारेमा अध्ययन अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा बिहीबार आयोजित कार्यक्रममा जिल्लामा मानव अधिकार अवस्थाबारे छलफल गरिएको थियो । रासस

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्