सप्तरीको भारदहमा के भयो - त्याहा पुगेका अधिकर्मी दिपेन्द्र झा भन्छन - म्याचिकने विहारी भन्दै मधेशी माथी गोली चलाइयो ।
Advertise Here Book Now

मधेशी मोर्चाले आब्हान गरेको अनिश्चितकालिन मधेश बन्दको क्रममा हिजो मंगलवार विहानै देखि सप्तरीको भारदह क्षेत्रमा तनाव सिर्जना भयो । प्रर्दशन उत्रेका मधेशीहरु माथी प्रहरीले अन्धाधुन्ध गोली चलाए । गोली लागेर राजीव राउतको तत्कालै मृत्यू भयो भने २० जना भन्दा वढी अहिले अस्पतालमा उपचार गराई रहेका छन । आज विहान सप्तरीको भारदह पुगेका मधेशी अधिकार्मी दिपेन्द्र झा त्याहा वाट दलानलाई त्याहाको अवस्था वारे यसरी टिपोट गराए । 

भारदहाका एक गाउलेले प्रहरीले चलाएको गोली देखाउदै । तस्वीरहरु - दिपेन्द्र झा



हिजो मंगलवार विहानै देखि सप्तरीको भारदहमा मधेशी पार्टीहरुको नेताहरु सडकमा धर्ना दिएर आफनो आन्दोलनलाई अगाडी वढाईरहेको देखिन्छ । जसको नेतृत्व शैलेन्द्र साह, दिनेश साह लगायतका स्थानिय नेताहरुले गरीरहेका थिए । सडकमा धर्नामा बसेका नेताहरुलाई एक्कासी पछाडी वाट आएर प्रहरीले अन्धाधुन्द कुटपिट गरेको देखिन्छ । सैलेन्द्र साह र दिनेश साह अहिले पनि अस्पतालमा सिकिस्त रुपमा उपचार गराईरहेका छन ।

प्रहरीले आफनो चौकीको छत माथी गएर गाउले हरु माथी अन्धाधुन्द गोली चलाएको देखिन्छ । राजीव राउत एउटा  समान्य किसानको छोरा थियो । उनको छाती मा सिधा गोली प्रहार गरिएको देखिन्छ । उनको दुई ओटा बच्चा छ । एउटा तीन महिनाको र एउटा २ बर्षको । म अहिले राजीव राउतको घरमा उनको बुबा र परिवार संग कुराकानी गर्ने याहा आएको हू । याहा प्रहरीले लाई वुलेट अर्थात फलामको गोली चलाएको देखिन्छ । गाउमा जताजतै गोलीको छर्राहरु लागेको त्यतीकै देखिन्छ । एउटा गोली त दुई ओटा बास सम्मलाई छिरेर अघि वढेको देखिन्छ । गाउमा रहेको मिलहरुको मिटरमा गोली लागेको देखियो । याहा गाउलेहरु संग कुरा गर्दा प्रहरीहरुले उनीहरुलाई म्याचिकने विहारी भनेर गाली गर्दै कुटपिट गरेका रै छन । म केही वेर अघि मात्रै दिपक साह र विजय ठाकुर भन्ने युवाहरु संग कुरा गरेका छौ । यी दुवै याहाका एमालेका स्थानिय नेता हुन । तर यीनीहरु समेत गोली लागेका छन । दिपक र विजय संग कुरा कुरा गर्दा नै उनीहरुले सुनाए कि प्रहरीले गाउलेहरुलाई म्याचिकने विहारी भन्दै कुटपिट गरेका थिए ।
भारदहको मिल भित्र लागेको गोलीको चिन्ह

हिजो देखि नै केही सन्चार माध्यमहरुले प्रर्दशनकारीहरुले प्रहरी चौकी र प्रहरी माथी आक्रमण गरे पछि प्रतिरक्षामा फायर गरेको समाचारहरु प्रकाशित गरेको देखिन्छ । आज कान्तिपुरले समेत त्यही फोटोलाई प्राथमिकतामा राखेर छापेका छन । म यही वाट कान्तिपुर सहित सवै मिडियाहरुलाई चुनौती दिन चाहन्छू र याहा आएर त्यसको पुष्टि गरेर देखाउन च्यालेन्ज गर्न चाहन्छू ।

याहा आज विहानै भारदह पुग्दा आफनै देशको नागरिक प्रति प्रशासन यती निर्मम कठोर भएर प्रस्तुत हुन्छ भने म कहिल्यै सोचेको पनि थिईन ।

मृतक राजीव राउतकी कान्छी छोरी अर्या संग अधिकारकर्मी दिपेन्द्र झा

हिरालाल राउत - राजीव राउतको वुवा भन्छन -घर वाट निकालेर मलाई पनि निर्घात कुटपिट गरे-

छोरालाई गोली लागे पछि हामी उनलाई लिएर घर आयौ । त्यतीकै प्रहरीहरु फेरी घर भित्र छिरेर हामीहरु पनि निर्धात कुटपिट गरे । घरवाट वाहिर निकालेर सडकमा लगे अनि त्याहा पनि म संगै अरु याहाका मानिसहरुलाई निर्धात कुटपिट गर्यो । मेरो छोरो घरवाट खेत तिर जानका लागी निस्केका थिए । तर वाटोमा प्रहरीले उनलाई गोली हानेर मार्यो । उनको छातीमा यसरी गोली लाग्यो कि उनी त्यही निर ढल्यो ।

मृतक राजीव राउत        Source:DalanNepal

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्