सप्तरीको छुटाछुटै घटनामा परि आज दुई जनाको मृत्यु भएको छ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , १५ भदौ । सप्तरीको छुटाछुटै घटनामा परि आज दुई जनाको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सितापुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
बिराटनगरबाट मोहत्तरी जादै गरेको बा १ ब ८६१६ नम्बरको मोटरसाईकलले पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सितापुर सडक खण्डमा रहेको कल्भटमा ठोकिदा जिल्ला मोहत्तरी मटिहानी ३ बस्ने मोटरसाइकल चालक ३५ बर्षीया जिवछ परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेघराज अधिकारलिे बताउनुभयो ।दुर्घटनापछि गम्भिर घाइते परियारको उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा लगिदै गर्दा बिच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै सप्तरीको रम्पुरा मल्हनिया गाविसमा सर्पको टोकइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्पुरा मल्हनिया ९ निवासी रामनारायण यादवकी १६ बर्षीया छोरी कौशिला कुमार ियादव रहेको प्रहरीले जनाएको छ । तरकारी खेतमा काम गरिरहेका बुवालाई पानी दिन गएको बेला
गोहमन सर्पले टोकेको थियो । उनको पनि सोही अस्पतालमा उपचारको क्रममा आजै मृत्यु भएको प्रहरीले बताइउएको छ ।