मधेशको अस्मिता जोगाउंन सभासद्हरु काठमाण्डौं छोड्दै सभासद् पद्मनारायण चौधरीले आन्दोलनकारीलाई फोन गरे
Advertise Here Book Now

 लहान, ७ भाद्र । मधेशी, थारु, मुस्लिम र दलित सभासद्हरु काठमाण्डौं छोडेर तराई मधेश संरक्षणको लागि मातृभूमी फर्किने क्रम बढ्दै गएको छ । सप्तरी क्षेत्र १ का एमाओवादी सभासद् मानपुर चौधरीले मधेशी जनता सुतेका बाघ हुन्, चलायौं भने सरकार निल्न सक्छन् ।’ भन्दै काठमाण्डौं छोडेर लहानको प्रदर्शनमा सहभागी हुंदै सो कुरा बताउंनुभयो ।


यता, सिरहा क्षेत्र नं. १ का कांग्रेसी सभासद् पद्मनारायण चौधरीले लहानका एक आन्दोलनकारीलाई टेलिफोन सम्पर्क गरी तपाईंहरुसंग हामी पनि छौं आन्दोलन तिब्र पार्नुपर्छ ।’ बताएका छन् ।
उता, लहान उद्योग वाणिज्य संघ आन्दोलन विरुद्ध केही गतिविधि गरेपनि दूई देखि आन्दोलनमा सरिक हुने अर्थात ऐक्यबद्धता जनाउंने भनी आन्दोलनकारीसंग छलफल चलाउंन थालेको छ । सिरहा सप्तरीलगायत मधेशका कांग्रेसी र एमाले मधेशी, थारु, मुस्लिम, दलित सभासद्हरु समेत काठमाण्डौं छोड्ने आपसी तयारीमा रहेको छ ।


उनीहरु भन्छन् — भूगोल नै नरहेपछि कांग्रेस एमालेमा समेत राजनीतिक गर्ने ठाउं कहां होला ? यसैले ‘अभि नही तो कभी नही’ भनी मनस्थितिमा पुगेको छ । मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउतले भने ‘मानव अधिकारकर्मीको काम अनुगमन गर्ने हो, तर मेरो अस्मितासंग खेलवाड गर्ने कोइराला ओली प्रचण्ड विरुद्ध सडकमा आउंन बाध्य पारियो ।’ ‘हामी पनि आन्दोलित छौं ।’ ‘आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’ बताउंनुभयो ।


मुस्लिम अगुवा महमुद आलमले मधेशको चिरहरण हुन दिंदैनौं, यसको लागि ‘सर कटा सकता हुं, झुका नही सकता हुं ,’ सरकारले गोली चलाउंन जानेको हो भने मधेशी बच्चा बच्चा हतियार चलाउंन सिकेका छन् ।’ ‘आफ्नो धर्ती आफैं संरक्षण गर्न तयार रहेको बताउंनुभयो । एमालेका सत्यनारायण यादवले आफ्नो सन्तानको लागि यो भूमि संरक्षण गर्न पनि उत्तिकै जरुरी रहेको छ । त्यसैले गाउंगाउंबाट आन्दोलनमा सरिक हुनुपर्ने आजको आवश्यकता रहेको बताउंनुभयो । 


कलाकर्मी ललिता दासले पुरुष बराबरी महिलाहरु पनि आन्दोलनमा सहभागी हुनुपर्ने समय आएको छ । यसैले अधिकारमा पनि बराबरी हुनुपर्ने बताएकीछीन् । अखण्ड मधेश कायम गर, विगतको सम्झौता कार्यन्वयन गर र हत्यारा गृहमन्त्री राजीनामा दें जस्ता नारा लगाउंदै मधेशी, थारु, मुस्लिम, दलितहरुले आज लहान नगर परिक्रमा गरी कोणसभा गरेको छ । कार्यक्रममा हनिफलगायत थारु प्रतिनिधि, मधेशी, दलितलगायतले मन्तव्य राख्नुभएका थिए । यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको व्यानर लगाएपछि नेकपा माओवादी (बैध), एमाओवादीबाट पार्टी परित्याग गरि निस्किएका कवि एवं नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादव उदासी, मधेशी नागरिक समाजका प्रताप यादव (रामरिझन)लगायतले साझा व्यानरको माग गर्दै आज मौन समर्थन मात्र जनाएको छ । यसअघि आन्दोलनमा सहभागी भई गतिलो भाषण गर्दै आएका थिए । लहानमा जारी आन्दोलनका संयोजकमा सिके राउतका समर्थित कृष्णबहादुर यादवका नेतृत्व रहेको छ । यसमा पनि मधेशी मोर्चाका नै संयोजक हुनुपर्ने भन्दै आएका थिए । उता, सिके राउतले मधेशी नेताहरुले जनता मार्ने काम गरिरहेको भन्दै अभिव्यक्ति दिएको छ ।

एकीकृत नेकपा(माओवादी)का केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी)का महासचिव रामरिझन यादवको नेतृत्वमा निस्केको सो जुलूस महाविर चौकमा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै यादवले गृहमंत्री गौतम गोयवल्स शैलीमा झूठ बोलेको र भारदहमा हुँदै नभएको घटनालाई कपोलकल्पित ढंगवाट संविधान सभामा प्रस्तुत गरेकोले हत्यारा गृहमंत्रीको राजिनामाको माँग गर्नु परेको विचार व्यक्त गर्नु भयो । उता, आज गोलबजारमा भएको बंद हडतालसभालाई जगत यादब, सत्रुधन सिंहलगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्