नेपाली राजदूत नै पीआर होल्डर ! के गर्लान् लालबाबुले ?
Advertise Here Book Now

NEPऑनलाइन सिरहा डटकम  साउन २० / नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री लालबाबु पण्डितले सरकारी सेवामा रहेर विदेशको आवसीय सुविधा या नागरिकता लिनेहरुलाई कारबाहीको दायरामा ल्याउन सम्पूर्ण प्रयास गरिरहँदा एमालेबाटै प्रतिनिधित्व गरेर परराष्ट्रमन्त्री बनेका महेन्द्रबहादुर पाण्डेले भने लालबाबुको अभियानमा अड्चन पैदा गरेका छन् । हाल फ्रान्सको राजदूत रहेकी अम्बिका मानन्धर लुइँटेल बेलायतको आवसीय सुविधा लिने त्यस्तै एक कर्मचारीमध्ये पर्छिन्, जसलाई कारबाहीमा पर्न नदिन मन्त्री पाण्डेले प्रयास गरिरहेका छन् । अम्बिकाले बेलायतको इन्डीफीनीट लीभ टु रीमेन आइएलआर लिएको, उनको पतिले वेल्सको एक विश्वविद्यालयबाट तलबभत्ता प्राप्त गरिरहेको र लन्डन तथा वेल्समा उनीहरुको एक–एकवटा घर भएको जानकारी सम्बद्ध पक्षले मन्त्री पाण्डेलाई गराइसकेको छ । लुइँटेल दम्पतीलेका छोराछोरीले बेलायती नागरिकता लिइसकेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्