गच्छादार चार दलीय मोर्चाबाट अलग हुने
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम / चार दलको बैठकमा आफ्ना माग र मुद्दाको सुनुवाई नभएको भन्दै फोरम (लोकतान्त्रिक) चार दलीय मोर्चाबाट अलग हुने संकेत दिएको छ। यसबारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न संसदीय दलको कार्यलयमा अपरान्ह चार बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले सात प्रदेशमा जाने तीन मुख्य दलहरुको प्रस्तावमा असहमत भएको छ । चार दलीय शीर्ष संयन्त्रको बैठकमा सात प्रदेशकाे खाका प्रस्तुत भएपछि गच्छदार बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।

