किन बैठकमै बाबुराम ले हिर्काए
Advertise Here Book Now
बैठकमै बाबुराम भट्टराईलाई पासवानले हिर्काए
ऑनलाइन सिरहा डटकम साउन २४/एकीकृत नेकपा माओवादी नेता तथा संवाद समितिका सभापति डा.बाबुराम
भट्टाराईलाई बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको
पत्रले प्रहार गरी बैठकबाट बाहिरिएका छन्। ‘उहाँहरुलाई देश टुक्राउने
अधिकार तपाईलाई कसले दियो ?’ संविधानसभा सचिवालय बाहिर पत्रकारहरुसँग
चर्किदै पासवानले भने ‘मैले मेरा असहमतिका पत्र बाबुरामजीलाई हिर्काएर आएको
छु ।’असहमतिको पत्रले बाबुरामलाई हिर्काएको बताउँदै पासवानले फेरी प्रश्न गरे ‘देश टुक्राउने अधिकार उहाँहरुसँग छैन, देश टुक्राउने बैठकमा म वसिँदना ।’
पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए। निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क बैठकमा गरेका थिए ।

