‘पहिचान लिएर फर्किने की त लाश भएर घर फर्किने’
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान भदौ ११ /
मधेशी, थारु, मुस्लिम, दलितलगायतको आन्दोलन आज १२ औं दिन लहानमा विशाल
जुलुस प्रदर्शन भएको छ भने थारु कल्याणकारीसभाले गाउंगाउंबाट कार्यकर्ता
प्रदर्शनमा समावेश गराएका थिए । १५ सयबढी सप्तरीबाट सहभागी भएका थिए भने
तीन हजारबढी सिरहाबाट सहभागी भएका थिए । मधेशी मुस्लिम र दलितका तर्फबाट
तीनहजारबढी गरी आठ हजार जति जनता तराईमधेशको सिमांकनको माग गर्दै
जनप्रदर्शन गरेको छ । प्रहरी स्रोतले तीन हजार मात्र जनता उत्रिएको आफ्ना
निकायमा रिर्पोटिगं गरेको बताइएको छ । सोसयल मिडियाहरुमा ५ हजारदेखि १२
हजारको अकंडा गरिएको देखिन्छ । विशाल प्रदर्शनपछि लहानको रमेश चौकमा
एमालेका नेता राजेन्द्र चौधरीले हाम्रा एमालेका नेताहरु मार्कसलेलिनको
सिद्धान्त छोडेको भन्दै शोषित, पीडितको आवाज उठाउंनुपर्ने र उनीहरुको
मुक्तिको लागि अघि बढ्नुपर्ने ठाउंमा यसको उल्टो कार्य गरिरहेको कटु आलोचना
गर्नुभएको थियो । माओवादी (बैद्य) का कृष्ण सिंह दनुवारले टीकापुरमा कफर््यु लागेको अवस्थामा मधेशी थारुको घरमा आगजनी, बलात्कार, लुटपाट कसरी भयो ? यो सबै सरकारी घुसपैठको कारण घटना भइरहेको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ र यथाशिघ्र सेना फिर्ता गर्नुपर्ने बताउंनुभयो ।
एमाओवादीका सभासद् मानपुर चौधरीले तराईमधेश मुक्तिको लागि प्रचण्डसंग पटक पटक कुरा गरे तापनि हाम्रो कुरा नसुनेपछि काठमाण्डौं छोडेर यो भूमिमा संघर्ष गर्न जनतामा आएको हुं । जनताले नै मलाई सभासद् बनाएको हो । प्रचण्डले सभासद् नबनाएकोले उनीहरुको गुलामी गर्न नसक्ने बताउंनुभयो । त्यसैगरी, थारु नेता एवं जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले सरकारले अझै वार्ताको वातावरण नबनाएको ,औपचारिक चिठ्ठी आएको छैन र सरकारले वार्ताको वातावरण बनाउने कामलाई नजरअन्दाज गरेको छ ।’ लेखीले वार्ताका लागि सेना परिचालन रोक्नु पर्ने, पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्नु पर्ने, कफ्र्यू हटाउनु पर्ने, घाइतेहरुको उपचार व्यवस्था सरकारले गर्नु पर्ने लगायतका सर्तमा वार्ता गर्ने बताउंनुभयो । लेखीले भने ‘हामी केवल प्रधानमन्त्रीको मुख हेर्न मात्र वार्तामा बस्दैनौं । सार्थक वार्ताको पक्षमा छौं ।’ थारु समुदायको आन्दोलन तुहाउन टीकापुर घटनामा अखण्ड सुदूरपश्चिम पक्षधर नेता र सरकारले नै घुसपैठ गराएको भन्दै उनले आन्दोलन नरोकिने बताए । उनले भने ‘हाम्रो आन्दोलन एक दिन, एक घन्टाका लागि पनि रोकिँदैन । सार्थक वार्ता भएपनि सहमति नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ बताउंनुभयो । भाषा र पहिचानको माग गरिरहेको बेला नेताहरुले नेपाली भाषामा भाषण गर्दा जनता अनकनाइएका थिए ।
कार्यक्रम संचालन खगडनारायण चौधरीले गर्नुभएका थिए भने एमालेका सत्यनारायण यादवले झापा, मोरंग, सुनसरी, कैलाली र कंचनपुर पांच जिल्ला माग गरेको छु । त्यो दिएन भने महाभारतको कौरबको हालत हुने भन्दै खसवादीहरुलाई लखेट्न हामी अघि बढ्नु बताउंनुभयो ।
मानव अधिकारकर्मी राजकुमार राउतले मधेशप्रति कठोर बनेका तीन नेता केपी ओली, सुशिल र प्रचण्डलाई ज्ञानेन्द्रको हालत बनाउंनुपर्ने समय आएको छ । यसैले समाप्तिको बेला खसवादीहरुले दमन शोषण र अत्यचारमा उत्रिएको छ । यसको मुहतोड जवाफ दिन जनता जागिसकेको बताउंनुभयो । सद्भावनाका बालेश्वर यादवले हामी सडकमा आइसकेको हुं, पहिचानसहितको संघीयता दिएन् भने लाश भएर घर फर्किने बताउंनुभयो । कार्यक्रममा लक्ष्मी चौधरी, फोरम नेपालका दिनेश यादव, मुलबासीका झबर राम, पूर्व सभासद् सन्तोष चौधरी, मो.हनिफ लगायतका वक्ताले तराईमधेशको एक इन्च भूमि पहाडमा मिसाउंन नदिने बताएका थिए । उता, आज गोलबजारमा बामदेव गौतम तथा केपी ओलिको मलामि जुलुसपछि जुता चप्पलले श्रद्धाञ्जली दिदंै अन्त्येष्ठी गरेको छ ।

