मधेसवादी दलहरुले एउटा ठोसधारणा लिई अगाडि बढ्नु पर्ने आवश्यक्ता
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम भदौ ११/मधेसमा जारी आन्दोलन उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महत्तोले गरेका होइन, आन्दोलन स्वतः स्फुर्त भइरहेको छ, । मधेसमा आन्दोलन सुरु भएपछि मात्र त्यसलाई क्याच गर्न मधेसमा झरेका हुन् तर हिजो सत्तामा पुगेर पनि मधेसी जनतालाई केही नगरेको यो नेतृत्वलाई जनताले पत्याएका छन् त ? सायद त्यसै होला यिनीहरुको नेतृत्वमा आन्दोलनले उचाई लिन सकिरहेको छैन्। तराई–मधेसको मुद्दामा नेतृत्व गर्ने अर्को शक्ति हाल नभएकाले मात्रै केन्द्रमा ती दल देखिएका हुन्।
अहिलेको तराई–मधेस दलको आन्दोलनको मुल मुद्दा, माग के त , मागबारे प्रस्टता छैन कि । मधेसमा १, २ अथवा ३ कत्ति प्रदेश बनाउन चाहेको हो, नागरिकतामा ठोस धारणा के हो? यसको ठोस जबाफ मधेसी दलका नेताहरु संग छैन त्यसैले त गोलमोटल जवाफ दिएर मधेसी जनतालाई अझै पनि झुक्याउने काम गरिरहेका छन् ।
बेला बेलामा संविधानसभाको जारी प्रक्रियालाई नै बहिस्कार गर्दै आएका संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी बिच नै एकता छैन कि भन्ने भान हुन्छ ।
राजेन्द्र महत्तो राजीनामा दिएर हिँड्छन, उपेन्द्र, महन्थ र महेन्द्र यादव राजीनामा दिनै मान्दैनन, त्यस्तै राजेन्द्र उग्र कुरा गरेर हिँडिरहेका छन् तर महन्थजी भने नरम हुदैँ वार्ताका लागि तयारी देखिएका छन् । न राजीनामा दिएर बाहिरिनेमा यिनीहरुबीच कुरा मिल्छ, न सरकारसँग वार्तालाई हेर्ने दृष्टिकोण नै मिल्छ तैपनि भन्छन्, हामी एक छौं। उक्त दुई उदाहरणले नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवबद्ध दलबीचमै एकता हुन नसेको पुष्टि गरेको छ ।
तसर्थ मधेसवादी यी दलहरुले एउटा ठोस आधार, माग र धारणा लिई अगाडि बढ्नु पर्ने आवश्यक्ता छ । नत्र फेरि पनि यतिका दिन मधेसी जनताले दिएको साथको कुनै सार्थकता हुँदैन ।

  मधेसमा जारी आन्दोलन असन्तुष्ट स्वतः स्फुर्त रुपमा बढे पछि त्यसको नेतृत्व गर्न संविधानसभामा प्रतिनिधित्व गर्न तराई–मधेस केन्द्रीत दलहरुको होडबाजी भएको जस्तो देखिन्छ । अहिले आन्दोलनको पछिको उपलब्धीलाई फेरि एकपटक यी दलहरुले आफ्नो दुनो सोझ्याउने सुत्रको रुपमा प्रयोग गर्न खोजेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्