यहीं जहान पुरिइन्, यही घरले मार्यो छोरा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन २० / विनाशकारी भूकम्पमा पत्नी र एक छोरा गुमाएका मार्मिङ –९ का सुन्दर तामाङ वैशाख १२ को त्यो कहालीलाग्दो क्षण सम्झन्छन्, अनि भक्कानिन्छन् । सँगै रहेकी पत्नी अनि साथैको छोरो आँखै अगाडि पुरिँदाको क्षण उनले जिन्दगीमा कहिल्यै भुल्न सक्नेछैनन् । बेला बेलामा पत्नी र छोरा पुरिएको ठाउँमा पुगेर टोलाउने गर्छन् उनी । ‘यहींनेर हो मेरी जहान पुरिएकी, यही घरले हो मेरो छोरो मारेको ।’ मार्मिङस्थित चाकु बजारमा भेटिएका उनी भन्दै थिए । गत वैशाख १२ मा पत्नी याङलामु र ५ कक्षामा पढ्दै गरेको छोरा प्रकाशलाई साथै लिएर उनी गाउँबाट बजार झर्दै थिए । बजारमा झर्न नपाउँदै भुइँचालो आयो, मानिसहरुको भागदौड मच्चियो । हेर्दाहेर्दै घरहरु ढले । अनि आँखै अगाडि छोरा प्रकाश र पत्नी याङलामुलाई घरले थिच्यो ।
