थारु सभासद्ले थर्काएपछि गृहमन्त्री गौतमलाई सभामुख नेम्वाङको कडा निर्देशन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ३१/वस्थापिका–संसद्को आजको बैठकमा थारु समुदायका सभासद्ले शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनले दमन गरेको भन्दै सभामुख सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्ने अधिकांश सभासद्ले प्रदेश विभाजनप्रति असहमति जनाउँदै कैलाली कञ्चनपुरलगायत विभिन्न स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनबाट भएको दमनप्रति विरोध जनाउँदै संसद र सरकारको ध्यानाकषर्ण गराएका हुन् ।
अधिकांश सभासद्ले आन्दोनलनकारी माथि भएको दमनको प्रसंग निकाल्दै संसद थर्काएका थिए । सभासद्को कुरा सुनिसकेपछि सभामुख नेम्वाङले गृहमन्त्री वामदेव गौतमलाई कडा निर्देशन दिएका छन् ।
आजको बैठकमा सांसदहरूले शान्तिसुरक्षा तथा देशका विभिन्न भागमा भएका पछिल्ला घटनाका बारेमा उठाएका प्रश्नको जवाफ व्यवस्थापिका-संसद्को अर्को बैठकमा दिन सभामुख सुवास नेम्बाङले गृहमन्त्री गौतमलाई निर्देशन दिएका हुन् ।

