सिरहामा गाेलि चलयाे
Advertise Here Book Now
मिर्चैया नगपालिका १० घर भएका रामबाबु यादव अज्ञात समूहको गोली लागेर गम्भीर घाइते भएका हुन् ।
घाइते यादवलाई सिरहा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए ।
यादव भारतीय बजार जयनगरबाट स ३ प ७२२० नम्बर मोटरसाईकलमा आलु र मल लिएर आउँदै थिए ।
सिरहा नगपालिकाको मखनाहा टोल नजिक उनीमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्ने अपराधीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


