कर्फ्यूको अवज्ञापछि सिरहामा ठाउँ ठाउँमा झडप
Advertise Here Book Now
सिरहा, २४ भदौ । स्थानीय प्रशासनले लगाएको कर्फ्यू मधेसी मोर्चाका कार्यकर्ताले उलंघन गरेपछि सिरहाका ठाउँ ठाउँमा झडप भएको छ । बिहिबार मध्यान्हबाट सिरहालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी लगाएको कर्फ्यूको लहान, मिर्चैया र गोल बजार नगरपालिकामा अवज्ञा भएको हो ।
कर्फ्यू अवज्ञा गरी सडकमा निस्केका प्रदर्शनकारी र प्रहरीबीच ती तीनवटै नगरपालिकाक्षेत्रमा झडप भएको छ । कर्फ्यू अवज्ञा गरेका प्रदर्शनकारीहरुले बिहीबार दिउँसो लहानमा ना ५ ख ४१९४ नम्बरको ट्रकमा आगजनी गरेका छन् ।


