तपाईंको देश, तपाईंको संविधान, बधाई छ ! मधेशले अगाडिको आफ्नो बाटो आफै तयार गर्नेछ – प्रशान्त झा
Advertise Here Book Now

prasanta-jha-890x395_cतराई मधेश घर हो । यहाँ म अधैर्यसाथ कुनै राजनीतिक कारण महसुस गर्छु भने त्यो यहाँका जनताले मर्यादा र समान नागरिकत्वको लागि गरेको संघर्ष हो । पछिल्लो दशकमा त्यहाँ गरेका अनुभवहरुका आधारमा मेरो राजनीतिक सामाजीकरण र पत्रकारिताले आकार लिएको छ । त्यहाँ मेरा नजिकका मित्रहरु छन् । र, हामी सबैले त्यो संवैधानिक अवस्था जसले हाम्रो आफ्नै अर्थमा हामी नेपाली हौं र समान नेपाली हौं भन्न र हुनको लागि अवसर दिन्छ, त्यसका लागि सँगै संघर्ष र आशा गरेका छौ । मेरा साथी भाष्कर गौतम मलाई सन् २००५–०६ का राजनीतिक पिढीका बारेमा बताउँदै भन्छन्, जो शब्दमा मात्र होइन भावनात्मक रुपमा नै पुनःसंरचित, समावेशी, संघीय गणतान्त्रिक नेपालको सपनाद्वारा निर्देशित छन् ।
पछिल्लो तीन हप्तादेखि तराई बन्द छ । राजनीतिक पार्टीहरु मात्र होइन नागरिक समाज, युवा क्लबहरु, पेशाकर्मीका संगठनहरु, किसान, चिकित्सक, भूमिहीन, बसाइँ सरेर आएका कामदारहरु सबैसबै काठमाडौंका ‘तीन बाहुन’ले नेतृत्व गरेका तीन पार्टीहरुले निर्माण गरेका संविधानविरुद्ध आन्दोलित छन् ।
इतिहासमा कोही सधैंका लागि विजित र हरुवा हुँदैन । काठमाडौंपति हो, तिमीहरुले यो पटक विजय गरौला तर यो क्षणिक हुनेछ । यसले तिम्रो पतन प्रमाणित गर्नेछ । जसरी दश वर्षअघि फेब्रुअरी १ मा ज्ञानेन्द्रले जिते, यो उसको पतन थियो ।
मधेशी र थारुहरुलाई थाहा छ कि यो संविधानले उनीहरुलाई संसदमा, संघीय एकाईहरुमा प्रतिनिधित्वविहीन बनाउने छ । मधेशको सन्दर्भमा मधेशीहरुलाई स्रोत र शहरहरुबाट विमुख बनाउने छ जोसँग उनीहरुको जैविक सम्बन्ध छ । र, थारुहरु जो नेपालको इतिहासमा दलितहरुलाई छाडेर सबैभन्दा शोषित छन्, उनीहरु अल्पसंख्यक भएर बाँच्न बाध्य हुनुपर्नेछ । त्यसैगरि नागरिकताको व्यवस्थाले उनीहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा राख्नेछ ।
तर यो विरोध अझैसम्म सुनिएको छैन । तीन ठूला दलहरुले यसलाई बर्बर दमन गर्ने निर्णय गरेका छन् । निश्चित रुपमा प्रदर्शनकारीहरुको हिंसात्मक रुप गलत हो तर यो स्पष्ट छ कि राज्यको रबैया खेदपूर्ण छ । सडकमा कुनै एक मधेशी नमारिएको दिन छैन । सेना परिचालन गरिएको छ र कर्फ्यु लगाइएको छ । तर पनि हजारौं जनताहरु कोइराला, ओली, दाहालको आदेशमा कुनै पनि बेला गोलीले सडकमा मारिने जान्दाजान्दै पर्वाह नगरी विरोधमा उत्रिएका छन् ।
उनीहरु भनिरहेका छन्– संविधान निर्माण प्रक्रिया रोक, हाम्रो दुःख सुन, संघीय एकाइहरुको सिमाना पुनर्विचार गर, हामीलाई अपनत्वको भावना देऊ, हामी सबैले संविधान जारी गरौं, यो यस्तो दस्तावेज बनोस् जसले हामी सबैलाई एक राष्ट्रमा एकत्रित गरोस्, समाजलाई स्थायी रुपमा विभाजित नगरोस् ।
तर तीन नेताहरुको हठ र शक्ति एकत्रित गर्दै आफुखुसी प्रयोग गर्ने चाहनाका कारण, उनीहरुको सामाजिक आधारका कारणले विरोधलाई बेवास्ता गरिरहेका छन् । यो यस्तो समय भएको छ कि जातिवाद छताछुल्ल छ । यो धोकाको यस्तो समय भएको छ, माओवादीहरु जसलाई हामीले सघायौं, एकाकार भयौं, उसले आफ्ना अडानहरु छाडेको छ ।
यो निश्चिय पनि आश्चर्यको विषय भएको छ कि हिजो जस्तै केही मानिसहरुले मात्र गर्ने शासन प्रणालीमा सहमति जनाइरहँदा उनीहरुले आफ्नो जनयुद्धलाई कसरी न्याय गर्नेछन् जहाँ १६००० मानिसहरुले शहादत प्राप्त गरे ? यो यस्तो समय भएको छ जहाँ राष्ट्रिय मानवअधिकार आयोग जो बाहुनहरुको नियन्त्रणमा छ, कुनै एक निश्चित समुदायको प्रवक्ता बनिरहेको छ ।
शिर्ष नेताहरु जो ६ हप्ताअघि मात्र निर्भिकताका साथ भन्ने गर्थे कि यहाँ कुनै आन्दोलन हुने छैन, तर आजकल भन्ने गर्छन्– ठिकै छ केही मानिस मर्नेछ । ऊ र उनीहरु जस्तैहरु विश्वास गर्छन् कि उनीहरुले आन्दोलन तुहाइदिनेछन्, संविधान निर्माण हुनेछ, विरोध तुहिने छ, अन्तर्राष्ट्रिय समुदाय उनीहरुकै पछि लाग्नेछ र नेपालका खातापिता (एलिट) बाहुन–क्षेत्रीहरुले यो राज्यमा नियन्त्रण गर्नेछन्, निरन्तरता दिनेछन् ।
आफु यो समय तराईमा नभएको कारण म भित्रैदेखि दुःख अनुभव गरिरहेको छु जहाँ मेरा साथीहरु अनवरत रुपमा संघर्षमा होमिरहेका छन् । म काठमाडौंका ती साहसिक मानिसहरुसँग पनि छैनँ जसले अझै पनि सामाजिक न्याय छाडेका छैनन् र लेखिरहेका छन्, एलिटहरुको बकबकको खण्डन गरिरहेका छन् । तर, यहाँ धेरै म जस्ता छन् : मधेशी, जनजाति, महिला, दलित जो आन्दोलनको अग्रपंक्तिमा छैनन् तर नेपाली राज्यले आफ्नो इतिहासको सबैभन्दा ठूलो झुठ पन्छाउँदै छ । यदि त्यसो भयो भने हाम्रो बाटो स्थायी रुपमा अलग हुनेछ ।
तपाईंको देश, तपाईंको संविधान, बधाई छ ! मधेशले अगाडिको आफ्नो बाटो आफै तयार गर्नेछ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्