केशवलाल श्रेष्ठ स्मृति प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता ।
Advertise Here Book Now


जिबराज बख्रेल ,मकवानपुर
हेटौंडामा जारी स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत आज पाँचवटा खेल हुँदैछन् । । आज हुने पहिलो खेलमा बिहान ७ बजे थाहा नगरपालिका खेलकुद विकास समिति र केशवलाल श्रेष्ठ स्मृति बिच प्रतिपर्धा हुनेछ । प्रतियोगितामा जिल्लाका १२ वटा टोलिको सहभागिता रहेको प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हेटौंडा २२, हटियास्थित खेलमैदानमा हिजो बाट शुरु भएको प्रतियोगिता २६ गतेसम्म चल्नेछ । प्रतियोगिता अन्तर्गत हिजो पहिलो दिनको खेलमा बज्रबाराही युवा क्लब र दुम्सी डाँडा युवा क्लब विजयी भएका छन् । उद्घाटन खेलमा बज्रबाराहीले परेली युवा क्लबलाई २५–१५ र २५–७ को सोझो सेटमा पराजित गरेको थियो । एकतर्फी भएको खेलमा परेली निरीह देखिएको थियो । यस्तै दोस्रो खेलमा दुम्सि डाँडाले पनि छतिवन गाविसको टोलीलाई २५–२० र २५–१७ को सोझो सेटमै पाखा लगाएको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्