प्रहरीको गोली लागि महोत्तरीमा ४ र सप्तरीमा एकको मृत्यु
Advertise Here Book Now

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी सप्तरीको भारदहमा एकजनाको मृत्यु भएको छ मधेसी मोर्चाका आन्दोलनकारीले सवारी साधनहरु स्कटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रहरीलाई अवरोध गरेपछि बुधबार भारदहमा झडप भएको हो । झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको छ ।
प्रहरीले स्कोटिङ गरेर गाडी गन्तव्यमा लैजान खोज्दा आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए । सो स्थानमा अहिले पनि तप्रहरी र प्रदर्शनकारीबीच झडप भैइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रशासनले बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि भारदह क्षेत्रमा कर्फ्यू र पूर्व(पश्चिम राजमार्गमा राति ९ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
उता महोत्तरीको जलेश्वरमा बुधबार अपराहृन प्रहरी र प्रदर्शनकारीवीच भएको मुठभेडमा प्रहरीको गोली लागेर ४ जनाको ज्यान गएको  छ । सद्भावना पार्टीका नेता देवेन्द्र यादवले दिनु भएको जानकारी अनुसार प्रहरीको गोली लागि  ४ जना को मृत्यु भएको बताउनु भयो । उहाँले दिएको जानकारी अनुसार प्रहरीको गोली लागि दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । 


दिउँसो २ बजेदेखि जलेश्वरमा विभिन्न ठाउँबाट मानिसहरुको भीड एक्कासी भेला हुन थालेको थियो । स्थानीय महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका थिए । त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेका थिए ।
सुरुमा स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए । त्यसक्रममा ढुंगा हान्ने केही व्यक्तिलाई प्रहरीले पक्राऊ समेत गरेको थियो ।
तर, त्यसको केही समयपछि कारगार र जिल्ला अदालत रहेको खाली चौरीबाट प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो र भीडलाई तितर वितर पार्ने प्रयास गर्‍यो ।
नेता यादवकाका अनुसार प्रहरीले लुकेर अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी प्रशासनलेशान्तिपूर्ण कार्यक्रम गर्न आएकाहरुमाथि अनावश्यक बल प्रयोग गरेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
तर, प्रहरीमाथि ढंगा प्रहारपपछि प्रदर्शनकारीले जिल्ला अदालतमा आगजनी गर्न लागेपछि सरकारी सम्पत्ति जोगाउने क्रममा बल प्रयोग गर्नुपरेको प्रशासनको भनाइ छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्